शनिबार राति ला लिगामा बार्साले आलाभेसमाथि ४–१ को जित निकाल्दा मेस्सीले पनि एक गोल गरेका थिए।
यससँगै मेस्सीले सन् २०१९ मा सबै प्रतियोगिता गरेर ५० गोल पुर्याएका हुन्। यसअघि ८ वटा क्यालेन्डर वर्षमा मेस्सीले ५०–५० गोल गरिसकेका छन्।
मेस्सी ६ पटकका युरोपियन गोल्डेन बुट विजेता हुन् भने उनले किर्तिमानी ६ पटक बालुन डि’ओर अवार्ड जितेका छन्।
सन् २०१९–२०२० को सिजनमा पनि मेस्सी गोल्डेन बुटका दाबेदार हुन्। एजेन्सी
3
Shares
प्रतिक्रिया