ad ad

खेल


अफ्ताबुद्दिनको आक्रामक इनिङ्समा धनगढीमाथि बुटवलको सहज जित

अफ्ताबुद्दिनको आक्रामक इनिङ्समा धनगढीमाथि बुटवलको सहज जित

नेपालखबर
पुस ६, २०७६ आइतबार १०:१०,

बुटवल ब्लास्टरले पोखरा प्रिमियर लिग अन्तर्गतको आफ्नो चौथो खेलमा धनगढी ब्लुजमाथि ७ विकेटको सहज जित हात पारेको छ।

पोखरा रंगशालास्थित क्रिकेट मैदानमा आइतबार भएको खेलमा धनगढीले दिएको १ सय ४१ रनको लक्ष्य बुटवलले १६.४ ओभरमा ३ विकेट गुमाएर भेटायो।

उसका ओपनर अफ्ताबुद्दिन अहमदले ५२ रनको आक्रामक अर्धशतकीय पारी खेल्दै टिमलाई जित दिलाए। २३ बलमा उनले ७ छक्का र १ चौका प्रहार गरे।

उनका ओपनर साझेदार शंकर रानाले खाता नै खोल्न नपाउँदै अहमदले २२ बलमा अर्धशतक प्रहार गरिसकेका थिए। तर, अर्धशतक प्रहार गरेलगत्तै उनी विकेटकिपर सुबेन्दु पाण्डेको हातबात समातिए।

यस्तै हर्षा टोंकले ४० रन जोडे। २१ बलमा उनले ३ चौका र ४ छक्का प्रहार गरे। शंकर राना २५ रनमा आउट भए। ३१ बलमा उनले ३ चौका प्रहार गरे।

त्यसअघि दीपेन्द्रसिंह ऐरीको अर्धशतकीय पारीको मद्दतमा टस हारेर ब्याटिङ गरेको धनगढीले अन्तिम बल बाँकी रहँदा सबै विकेट गुमाएर १ सय ४० रन जोडेको थियो।

कप्तान दीपेन्द्रले ४५ बलमा ६१ रनको अर्धशतकीय पारी खेल्दै धनगढीलाई सो स्कोरमा पुर्याएका हुन्। उनले ६ चौका र २ छक्का प्रहार गरे।

दीपेन्द्रले सन्दीप जोरासँग चौथो विकेटका लागि ८७ रनको साझेदारी गरेका थिए। सन्दीपले ३२ बलमा ४ चौका र एक छक्कासहित ३९ रन जोडे।

यस्तै धनगढीका सौरभ खनालले १० बाहेक अन्यले दोहोरो अंक जोड्न सकेनन। सुबेन्दु पाण्डे १, रोड्रिगो थोमस ५, दीपक पुनिया ४ अनि अमित पुनियाले ७ रनमा आउट भए।

यो पनि: क्रिजमा जम्दै ज्ञानेन्द्र

बुटवलका अविनाश बोहराले ४ विकेट लिए। उनले ३.५ ओभरमा २६ रनमात्रै खर्चे। यस्तै ललितसिंह भण्डारीले ३ र सोमपाल कामीले १ विकेट लिए।

जितसँगै बुटबल ६ अंकसहित दोस्रो स्थानमा उक्लिएको छ। यस्तै चौथो खेलमा तेस्रो हार ब्यहोरेको पुछारको धनगढी भने बाहिरिने संघारमा छ।

पुस १२ सम्म पोखरा रंगशालामा चल्ने प्रतियोगितामा ६ सहरका ६ फ्रेन्चाइज टिमबीच प्रतिस्पर्धा हुनेछ । पोखरा पल्टन, चितवन राइनोज, धनगढी ब्लुज, बुटवल ब्लास्टर्स, काठमाडौं गोल्डेन्स र विराटनगर टाइटन्सबीच प्रतिस्पर्धा हुन लागेको हो। प्रत्येक टिमले एकअर्कासँग खेलेपछि अंक तालिकाको शीर्षमा रहने टोली सोझै फाइनल प्रवेश गर्नेछ। यस्तै दोस्रो र तेस्रो हुने टोलीले फाइनल प्रवेशका लागि इलिमिनेटर खेल्नेछ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .