भारतीय क्रिकेट टोलीका कप्तान विराट कोहली सन् २०१९ को सबैभन्दा धेरै बनाउने हान्ने खेलाडी बनेका छन्। उनले सबै फर्म्याटका क्रिकेटमा २ हजार ४ सय ५५ रन बनाएका छन्।
यो वर्षको अन्तिम खेलमा कोहलीले वेस्ट इन्डिजविरुद्ध आइतबार ८५ रनको पारी खेलेका थिए।
कोहलीलाई भारतकै रोहित शर्माले पछ्याएका छन्। शर्माले २ हजार ४ सय ४२ रन बनाएका छन्। यद्यपि शर्मा एक दिवसीय क्रिकेटमा यो वर्ष सर्वाधिक रन बनाउने खेलाडी बनेका छन्।
कोहलीले २६ एक दिवसीयमा १ हजार ३ सय ७७, ८ टेस्टमा ६ सय १२ र १० टी२० मा ४ सय ६६ रन बनाएका छन्। त्यसैगरी शर्माले २८ एक दिवसीयमा १ हजार ४ सय ९०, ५ टेस्टमा ५ सय ५६ र १४ टी२० मा ३ सय ९६ रन बनाएका छन्।
सर्वाधिक रन बनाउने खेलाडीको सूचीमा तेस्रो स्थानमा पाकिस्तानका बाबर आजम २ हजार ८२, चौथो स्थानमा न्युजिल्यान्डका रस टेलर १ हजार ८ सय २० र इंग्ल्यान्डका जो रुट १ हजार ७ सय ९० रन बनाएर पाँचौँ स्थानमा छन्।
प्रतिक्रिया