ad ad

खेल


रोनाल्डो भन्छन्– म साउदीमा पनि नयाँ कीर्तिमान बनाउन चाहन्छु

रोनाल्डो भन्छन्– म साउदीमा पनि नयाँ कीर्तिमान बनाउन चाहन्छु

नेपालखबर
पुस २०, २०७९ बुधबार ८:१३, काठमाडौँ

पोर्चुगलका फुटबल स्टार क्रिस्टियानो रोनाल्डोले साउदी अरेबियाको क्लब अल नासरमा अबद्ध हुने आफ्नो निर्णयप्रति गर्व रहेको उल्लेख गरेका छन्।

रोनाल्डोले अल नासरसँग १७ करोड ७० लाख पाउण्डमा सम्झौता गरेका थिए। सम्झौताअनुसार उनी सन् २०२५ सम्म यो क्लबमा रहनेछन्।

साउदी प्रेस एजेन्सीका अनुसार साउदी अरेबिया पुगेसँगै रोनाल्डोले क्लबप्रति सन्तुष्टि व्यक्त गरेका हुन्। साथै साउदी अरेबियामा उनी र उनको परिवारलाई गरिएको स्वागतप्रति पनि आभार व्यक्त गरेका छन्। 

रोनाल्डोले एक प्रेस कन्फ्रेन्समा भने, ‘मेरो जिन्दगीमा यति ठूलो निर्णय लिएकोमा मलाई गर्व छ। युरोपमा मेरो काम सकिएको छ। मैले धेरै उपाधि जितेँ र युरोपको मुख्य क्लबमा पनि खेलेँ। यो अब नयाँ चुनौती हो।’ 

उनले अल नासरले विश्वमा साउदी फुटबलको छवि मात्र नभई देशको धारणा पनि परिवर्तन गर्ने विश्वास व्यक्त गरे। 

आफैंलाई अनौठो खेलाडी मान्दै रोनाल्डोले भने, ‘म अनौठो खेलाडी हुँ। यहाँ आउनु राम्रो हो। मैले युरोपमा सबै कीर्तिमान तोडेँ  र यहाँ पनि केही कीर्तिमान तोड्न चाहन्छु। म यहाँ जित्न, खेल्न र खेलको मजा लिन आएको हुँ।’

रोनाल्डोले आफूलाई अमेरिका, अष्ट्रेलिया र ब्राजिलबाट पनि केही आकर्षक प्रस्ताव आएको तर आफूले त्यसलाई अस्वीकार गरेको बताए। आफूले साउदी अरेबियाको फुटबलमा केही योगदान दिने इच्छाका साथ उक्त प्रस्ताव अस्वीकार गरेको बताएका छन्। 

अल नासर क्लबका अध्यक्ष मुसली अल मुआम्मरले पनि रोनाल्डोको स्वागत गरेका थिए र उनले हासिल गरेको उपलब्धिबारे चर्चा गरेका थिए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .