ad ad

खेल


त्रिभुवन आर्मी एनभीए राष्ट्रिय भलिबलको सेमिफाइनलमा

त्रिभुवन आर्मी एनभीए राष्ट्रिय भलिबलको सेमिफाइनलमा

फाइल तस्बिर


नेपालखबर
पुस २७, २०७९ बुधबार १३:२८, काठमाडौँ

गण्डकी प्रदेशलाई पराजित गर्दै त्रिभुवन आर्मी क्लब एनभीए राष्ट्रिय महिला तथा पुरुष क्लब भलिबल च्याम्पियनसिपको सेमिफाइनलमा प्रवेश गरेको छ। 

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद (राखेप) को कभर्डहलमा बुधबार भएको खेलमा आर्मीले गण्डकी प्रदेशलाई सोझो सेटमा पराजित गर्दै एक खेल अगावै अगावै अन्तिम ४ मा स्थान पक्का गरेको हो। 

आर्मीले गण्डकीलाई २५–११,२५–१० र २५–१५ ले पाखा लगाएको हो। 

त्यसअघि आजै भएको पहिलो खेलमा एभरेष्ट भलिबल क्लब बुटवलले नयाँ बजार सामाजिक क्लबलाई सोझो सेटमा नै हराएको हो। एभरेष्टले नयाँबजारलाई २५–१२,२५–१२ र २५–१४ ले हराएको थियो। 

महिलातर्फ समूह ए बाट डायमण्ड र पुलिस क्लबले अन्तिम ४ मा स्थान बनाइसकेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .