ad ad

खेल


न्यु डायमण्डकी प्रतिभा सर्वोत्कृष्ट, सलिना उदीयमान

न्यु डायमण्डकी प्रतिभा सर्वोत्कृष्ट, सलिना उदीयमान

उदीयमान खेलाडी घोषित भएकी सलिना। तस्बिर : सरोज नेपाल/नेपालखबर


नेपालखबर
माघ २४, २०७९ मंगलबार १७:२४, काठमाडौँ

न्यु डायमण्ड स्पोर्टस् क्लबकी प्रतिभा माली काठमाडौंमा सम्पन्न छैटौँ संस्करणको केएनपी नेरोल्याक राष्ट्रिय महिला भलिबल प्रतियोगिताकी सर्वोकृष्ट खेलाडी घोषित भएकी छिन्। 

शेरबहादुर खड्का स्मृति प्रतिष्ठानले आयोजना गरेको प्रतियोगितामा डायमण्डकी प्रतिभा सर्वोत्कृष्ट खेलाडी बन्दै ५० हजार रुपैयाँ प्राप्त गरिन्। 

डायमण्डकै सलिना बुढा मगर उदीयमान खेलाडी घोषित भइन्। उनले १५ हजार रुपैयाँ प्राप्त गरिन्। 

अन्य विधागततर्फ पनि डायमण्डकै खेलाडीको वर्चस्व रह्यो। डायमण्डकी प्रगति नाथ उत्कृष्ट सेटर बनिन्। डायमण्डकै सलिना श्रेष्ठ उत्कृष्ट लिबेरो र कुमार राई उत्कृष्ट प्रशिक्षक बने।  

उत्कृष्ट लिबेरो सलिना श्रेष्ठ। तस्बिर : सरोज नेपाल

नेपाल एपीएफ क्लबकी निरुता ठगुन्ना उत्कृष्ट स्पाइकर, हिरा जैसी उत्कृष्ट ब्लकर र सरस्वती चौधरी उत्कृष्ट सर्भर घोषित भए। विभागतर्फका विजेता खेलाडीले जनही १५ हजार रुपैयाँ प्राप्त गरेका छन्। 

प्रतियोगितामा पाँच पटकको च्याम्पियन नेपाल एपीएफ क्लबलाई ३–२ को सेटमा पराजित गर्दै न्यु डायमण्ड स्पोर्टस् एकेडेमी पहिलो पटक राष्ट्रिय महिला भलिबल प्रतियोगिताको च्याम्पिनय बनेको छ।

उपाधिसँगै डायमण्डले ३ लाख तथा उपविजेता एपीएफले १ लाख ७५ हजार रुपैयाँ प्राप्त गरे।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .