ad ad

खेल


सावित्रा भण्डारीको उत्कृष्ट प्रदर्शनमा भारतसँग नेपालको बराबरी

सावित्रा भण्डारीको उत्कृष्ट प्रदर्शनमा भारतसँग नेपालको बराबरी

नेपालखबर
फागुन ३, २०७९ बुधबार २१:५२, काठमाडौँ

फरवार्ड सावित्रा भण्डारीको उत्कृष्ट प्रर्दशनमा भारतसँगको पहिलो मैत्रीपूर्ण खेलमा नेपालले बराबरी खेलेको छ।

चेन्नईको जवाहरलाल नेहरु स्टेडियममा भएको खेलमा नेपालले घरेलु टोली भारतलाई २–२ को बराबरीमा रोकेको हो।

पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा सबै गोल दोस्रो हाफमा सम्भव भयो।

खेलको सुरुवातमा २–० ले पछि परेको नेपालले उत्कृष्ट पुनरागमन गर्दै भारतसँग बराबरी गरेको हो।

नेपालले २ मिनेटको अन्तरमा दुई गोल फर्काएको थियो। खेलको ५६ औँ मिनेटमा मनिषाको क्रसमा सौमा गोगुलोसको गोलमा भारतले सुरुवाती अग्रता बनाएको थियो।

६८ औँ मिनेटमा भारतले अग्रता दोब्बर पार्यो। भारतीय टोलीकी कप्तान इन्दुमतीको गोलमा भारतले नेपालविरुद्ध २–० को अग्रता लियो।

खेलको ८९ औँ मिनेटमा भारतिय खेलाडीले पेनाल्टी एरियामा ह्याण्ड गरेपछि नेपालले पेनाल्टी पाएको थियो।

९० औँ मिनेटमा सावित्रा भण्डारी साम्बाले पेनाल्टीमा गोल गदै नेपाललाई खेलमा फर्काएकी थिइन्। खेलको इन्ज्युरी समयमा सावित्राले व्यक्तीगत दोस्रो गोल गर्दै खेललाई बराबरीमा ल्याइन्।

नेपालले दोस्रो मैत्रीपूर्ण खेल शनिबार खेल्नेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .