ad ad

खेल


साका चम्किँदा आर्सनलको सानदार जित

साका चम्किँदा आर्सनलको सानदार जित

नेपालखबर
चैत ६, २०७९ सोमबार ७:८, काठमाडौँ

बुकायो साकाको दुई गोल र असिस्टसँगै इग्लिस प्रिमियर लिगमा शीर्ष स्थानको आर्सनलले क्रिस्टल प्यालेसमाथि सानदार जित दर्ता गरेको छ।

सन् २००३–४ पछि पहिलो पटक च्याम्पियन बन्ने लक्ष्यमा रहेको आर्सनलले लगातार ६ लिग खेल जितेको छ। 

आइतबार राति आर्सनलको घरेलु मैदानमा भएको खेलमा क्रिस्टल प्यालेसलाई ४–१ को फराकिलो अन्तरले हराएको हो। 

आर्सनलको जितमा बुकायो साकाले दुई तथा गाब्रिएल मार्टिनेली र ग्रानिट झाँकाले एक एक  गोल गरे। क्रिस्टल प्यालेसका जेफरे स्कलपले एक गोल फर्काए।

खेलको २८औं मिनेटमा बुकायो साकाको पासमा मार्टिनेलीको गोलमा आर्सनलले सुरुवाती अग्रता लिएको थियो। 

४३औं मिनेटमा बुकायो साकाले गर्दै टोलीलाई २–० को अग्रता दिलाए। पहिलो हाफमा नै २–० ले अग्रता बनाएको आर्सनलले दोस्रो हाफमा २ गोल थप्यो।

खेलको ५५औं मिनेटमा ग्रानिट झाँकाले गोल गर्दै आर्सनललाई ३–० को अग्रता दिलाए। तर ६३औं मिनेटमा जेफरेले गोल गर्दै खेललाई ३–१ को अवस्तामा ल्याए। 

७४औं मिनेटमा बुकायो साकाले व्यक्तीगत दोस्रो तथा टोलीका लागि चौथो गोल गोल गर्दै आर्सनलको जित पक्का गरे। 

जितसँगै शीर्ष स्थानको आर्सनलले ८ अंकको अग्रता बनाएको छ। आर्सनलले २८ खेलबाट ६९ अंक जोडेको छ। एक खेल कम खेलेको म्यानचेस्टर सिटीको ६१ अंक छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .