ad ad

खेल


जुनियर ब्याडमिन्टनको विश्ववरीयतामा १४औँ स्थानमा उक्लिए प्रिन्स दाहाल

जुनियर ब्याडमिन्टनको विश्ववरीयतामा १४औँ स्थानमा उक्लिए प्रिन्स दाहाल

नेपालखबर
पुस २२, २०७६ मंगलबार ९:२३,

नेपाली युवा खेलाडी प्रिन्स दाहाल जुनियर ब्याडमिन्टनतर्फ विश्व वरीयताको १४औं स्थानमा उक्लिएका छन्। यसअघि ३२औं स्थानमा रहेका दाहालले १८ स्थान सुधार गर्दै शीर्ष १४ मा पुगेका हुन्।

नेपालखबरसँग कुरा गदै दाहालले भने, ‘निकै खुसी छु। मैले जसरी मिहिनेत गरिरहेको छु, त्यसको फल पाइरहेको छु। विश्व वरीयताको शीर्ष १४ मा पुग्नु भनेको मेरोलागि ठुलो उपलब्धि हो। अबको लक्ष्य नम्बर १ हुने हो त्यसको लागि पनि अझै मिहिनेत गर्छु।’

विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिता जनाएका दाहालले ४ महिनाअघि भएको दुवई इन्टरनेसनल सिरिजमा उपाधि जितेपछि विश्व वरीयताको शीर्ष ५० मा उक्लिएका थिए।

योसँगै दाहालले सेनेगलमा सन् २०२२ मा हुने युथ ओलम्पिक खेल्नेछन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .