ad ad

खेल


आइडब्लूएल : साम्बाको उत्कृष्ट प्रर्दशनमा गोकुलमको लगातार दोस्रो जित

आइडब्लूएल : साम्बाको उत्कृष्ट प्रर्दशनमा गोकुलमको लगातार दोस्रो जित

नेपालखबर
बैशाख १६, २०८० शनिबार १९:४०, काठमाडौँ

नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी फरवार्ड सावित्रा भण्डारी साम्बाको ह्याट्रिकसहित ४ गोलमा गोकुलम केरला एफसीले भारतीय महिला लिग (आइडब्लूएल) मा लगातार दोस्रो जित निकालेको छ। 

शनिबार भएको लिग चरणको दोस्रो खेलमा गोकुलमले नेपाली राष्टिय टोलीकै अर्की सदस्य रेखा पौडेल सम्मिलित स्पोर्टस् ओडिसालाई ८–१ गोल अन्तरले हराएको हो। 

गोकुलमको जितमा साम्बाले चार गोल गरिन्। खेलको सातौं मिनेटमा साम्बाले सुरुवाती गोल गर्दै टोलीलाई अग्रता दिलाएकी थिइन्। तर १२औं मिनेटमा सुमित्रा हेमब्रमले गोल गर्दै स्पोर्टस् ओडिसालाई बराबरीमा ल्याइन्। 

खेलको २८ औं मिनेटमा भिभियान कोनाडुले गोल गर्दै गोकुलमलाई २-१ को अग्रता दिलाइन्। खेलको ४३औं मिनेटमा दाङमेइ ग्रेसले गोकुलमको अग्रता फराकिलो पारिन्। 

पहिलो हाफमा ३-१ ले अग्रता बनाएको गोकुलमले दोस्रो हाफमा ५ गोल थप्यो। 

खेलको ६२ औं मिनेटमा साम्बाले व्यक्तीगत दोस्रो गोल गर्दै टोलीलाई ४-१ को अग्रता दिलाइन्। त्यसको एक मिनेटपछि नै साम्बाले गोल गर्दै ह्याट्रिक पूरा गरिन्। खेलको ७० औं मिनेटमा सिल्की देवीले गोकुलमको अग्रता थपिन्। 

खेलको ७९ औं मिनेटमा व्यक्तीगत चार गोल गर्दै साम्बाले गोकुलमलाई ७-१ को अग्रता दिलाईन्। ८६औं मिनेटमा भिभियनले व्यक्तीगत दोस्रो गोल गरेपछि गोकुलमले ८-१ को फराकिलो जित निकालेको हो। 

लगातार दोस्रो जितसँगै गोकुलमा ६ अंकमा तालिकाको शीर्ष स्थानमा यथावत छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .