ad ad

खेल


थ्रिस्टार क्लबका कप्तान विक्रम लामाले लिए सन्यास

थ्रिस्टार क्लबका कप्तान विक्रम लामाले लिए सन्यास

तस्बिर : सरोज नेपाल


नेपालखबर
जेठ २७, २०८० शनिबार १९:३८, काठमाडौँ

थ्रीस्टार क्लबका कप्तान विक्रम लामाले फुटबलबाट सन्यास लिएका छन्। 

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शनिबार भएको शहिद स्मारक ए डिभिजन लिगको अन्तिम खेलमा जावलाखेल युथ क्लबसँग खेल्दै फुटबलबाट सन्यास लिएका हुन्।

विक्रमले १४ वर्ष थ्रीस्टारबाट खेलेका थिए। 

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शनिबार भएको लिग चरणको अन्तिम खेलमा थ्रीस्टारले जावालखेल युथ क्लबलाई १–० गोल अन्तरले हराएसँगै थ्रीस्टार रेलिगेसनबाट जोगियो। 

लिगको सुरुवातमा नै फुटबलबाट सन्यास लिने घोषणा गरेका कप्तान विक्रम अब घरेलु फुटबलमा फरक भूमिकामा देखिने छन्।

खेलपछि विक्रमलाइ टोलीका खेलाडील गार्ड अफ अनरबाट सम्मान दिएका थिए। उनको यो करिअरकै अन्तिम म्याच आज भएको हो।

यसअघि शुक्रबार भएको खेलमा त्रिभुवन आर्मी क्लबका दिपक गुरुङले सन्यास लिएका थिए। 

पुरस्कार वितरण समारोहमा विक्रमलाई युवा तथा खेलकुद मन्त्री डिगबहादुर लिम्बुले कोट लगाइदिएका थिए। त्यसलगत्तै उनलाई टोलीले गार्ड अफ अनर गरेका थिए। त्यसअघि विक्रमले समर्थकलाई अभिवादन गर्दै खेल जिवनबबाट बिदाइ लिए। 

जावलाखेलमा एक सिजन बिताएर २०६६ सालमा थ्री स्टार आएका विक्रमले १४ वर्ष थ्रीस्टारमा बिताए। 

विक्रम टोलीले २०७९ लिग उपाधि र २०७२ मा राष्ट्रिय लिग जित्दा त्यसको सदस्य थिए। विक्रमले राष्ट्रिय टोलीबाट बंगबन्धु गोल्ड कप र एएफसी सोलिडारिटी कप जितेका थिए। दक्षिण एसियाली खेलकुद (साग)को १२ औं र १३ औं संस्करणमा नेपालले स्वर्ण पदक जित्दा विक्रम टोलीको महत्वपूर्ण सदस्य थिए। 

सन् २०१३ फेब्रुअरी ६ मा पाकिस्तानविरुद्ध राष्ट्रिय टोलीबाट डेब्यू गरेका विक्रमले राष्ट्रिय टोलीबाट ३० क्याप जितेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .