साफ च्याम्पियनसिपको तयारीमा रहेको नेपाली राष्ट्रिय पुरुष फुटबल टोलीले आज बिहीबार अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा फिलिपिन्ससँग खेल्दै छ।
फिलिपिन्सको मनिलास्थित रिजाल मेमोरियल रंगशालामा हुने खेल अपराह्न पौने ५ बजे सुरु हुनेछ।
बुधबार फिलिपिन्स पुगेको नेपाली टोलीले त्यही प्रशिक्षण गरिरहेको छ। नेपाल र फिलिपिन्स पछिल्लोपटक २०१७ नोभेम्बर १४ मा एएफसी एसियन कप छनोटको समूह चरणमा गोलरहित बराबरी भएका थिए।
नेपाल र फिलिपिन्सले अहिलेसम्म ५ खेल खेलेका छन्। मैत्रीपूर्ण खेलपछि नेपाली टोली शुक्रबार भारत प्रस्थान गर्नेछ। साफ च्याम्पियनसिप भारतको बैंग्लोरमा असार ६ देखि १९ सम्म हुँदै छ।
42
Shares
प्रतिक्रिया