ad ad

खेल


एसीसी वुमन्स इमर्जिङ टिम्स एसिया कप- नेपाल र भारतको खेल वर्षाले प्रभावित

एसीसी वुमन्स इमर्जिङ टिम्स एसिया कप- नेपाल र भारतको खेल वर्षाले प्रभावित

खेल मैदान


नेपालखबर
जेठ ३२, २०८० बिहिबार ११:४७, काठमाडौँ

एसीसी वुमन्स इमर्जिङ टिम्स एसिया कप टी-२० प्रतियोगिताअन्तर्गत नेपाल र भारत एबीचको खेल वर्षाका कारण प्रभावित भएको छ। 

हङकङको टिन कोङ रोड रिक्रियसन मैदानमा हुने खेलमा चिसो मैदानका कारण कारण टससमेत हुन सकेको छैन। 

प्रतियोगितामा नेपाल पहिलो जितको खोजीमा हुँदा भारत ए दोस्रो जितको खोजीमा छ।  

नेपाली टोली पहिलो खेलमा पाकिस्तानसँग ९ रनले हारेको थियो।

नेपाल आजको खेलमा भारतलाई हराँउदै शीर्ष २ मा रहेर सेमिफाइनल पुग्ने सम्भावना कायम राख्न चाहन्छ।

उता भारतले भने पहिलो खेलमा घरेलु टोली हङकङलाई ९ विकेटले हराएको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .