एसीसी वुमन्स इमर्जिङ टिम्स एसिया कप टी-२० प्रतियोगिताअन्तर्गत नेपाल र भारत एबीचको खेल वर्षाका कारण रद्द भएको छ।
हङकङको टिन कोङ रोड रिक्रियसन मैदानमा बिहीबार बिहान सबा ११ बजे हुने भनिएको प्रतिस्पर्धा पानी परेका कारण टससमेत हुन नसकेपछि रद्द गरिएको हो।
खेल रद्द भएसँगै दुवै टोलीले एक/एक अंक बाँडेका छन्। खेल रद्द भए पनि नेपालले शीर्ष २ मा रहँदै सेमिफाइनल खेल्ने सम्भावना जीवितै छ।
नेपालले प्रतियोगिताको अन्तिम खेलमा जित निकाल्दै नेट रन रेटमा अघि हुनुपर्नेछ।
नेपाली टोली पहिलो खेलमा पाकिस्तानसँग ९ रनले हारेको थियो। उता भारतले भने पहिलो खेलमा घरेलु टोली हङकङलाई ९ विकेटले हराएको थियो।
नेपालले समूह चरणको अन्तिम खेलमा शनिबार आयोजक हङकङसँग खेल्नेछ।
प्रतियोगितामा सहभागी ८ टोलीलाई २ समूहमा विभाजन गरिएको छ। समूहका शीर्ष २ टोलीले सेमिफाइनलमा प्रतिस्पर्धा गर्न पाउने छन्।
अन्तिम खेलमा नेपाल फराकिलो अन्तरले विजयी भएमा र पाकिस्तान हारेमा नेपाल शीर्ष २ मा रहँदै सेमिफाइनलमा पुग्नेछ।
Shares
प्रतिक्रिया