आईसीसी एक दिवसीय विश्वकप छनोट प्रतियोगिता अन्तर्गत सोमबार भएको खेलमा जिम्बाब्वेले अमेरिकाविरुद्ध रनको पहाड खडा गरेको छ।
हरारे स्पोर्टस् क्लबमा भएको खेलमा जिम्बाब्वेले पहिले ब्याटिङ गर्दै अमेरिकालाई ४०९ रनको चुनौती दिएको हो।
लगातार तीन खेल जितेर सुपर सिक्स यात्रा तय गरिसकेको जिम्बाब्वे अमेरिकाविरुद्धको नतिजा पनि आफ्नो पक्षमा पारेर दोस्रो चरणमा पुग्ने सम्भावना बलियो छ।
जिम्बाब्वेले ६ विकेटको क्षतिमा तुलनात्मक रुपमा कमजोर अमेरिकालाई ४०९ रनको चुनौती दिएको हो।
जिम्बाब्वेका लागि विशाल स्कोर बनाउने क्रममा सेन विलियम्सले १०१ बलको सामना गर्दै १७४ रन बनाए।
उनले आफ्नो पारीमा २१ चौका र ५ छक्का पनि हाने। त्यसैगरी जोयलर्ड गुम्बियाले १०३ बलको सामना गर्दै ७८ रन जोडे।
36
Shares
प्रतिक्रिया