नरेन भट्टको शतकमा नेपालले मलेसियाविरुद्ध २५३ रनको विशाल लक्ष्य दिएको छ।
मलेसियास्थित बायोमास ओभल मैदानमा जारी एसीसी यू-१६ इस्ट जोन कप क्रिकेटको फाइनलमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ३५ ओभरमा ८ विकेटको क्षतिमा नेपालले २५२ रन बनायो।
नेपालको तर्फबाट नरेनले ८२ बलमा शतकीय पारी खेले। उनले जम्मा ८९ बलमा १० चौका र २ छक्कासहित अविजित ११२ रन जोडे। यससँगै जारी प्रतियोगितामा शतक खेल्ने उनी पहिलो खेलाडी बनेका छन्।
ओपनर निरज यादवले ६ चौकासहित ४९ बलमा ४७ रन र सुर्यांशुले २३ बलमा २ चौकासहितत १८ रन जोडे।
पाँचौँ विकेटमा नरेनले सन्तोष यादवसँग शतकीय साझेदारी गरेका थिए। खेलमा यादवले २९ रन, अशोक धामीले ११, दीपु कुमारले ५ र प्रतीक भट्टराईले १ रन बनाए।
नेपालले समूह चरणमा मलेसियालाई ८४ रनले पराजित गरेको थियो।
कप्तान अभिषेक तिवारी ४ रनमा आउट भए।
12
Shares
प्रतिक्रिया