ad ad

खेल


दुई मैत्रीपूर्ण खेलका लागि राष्ट्रिय महिला फुटबल टोली बंगलादेश प्रस्थान

दुई मैत्रीपूर्ण खेलका लागि राष्ट्रिय महिला फुटबल टोली बंगलादेश प्रस्थान

नेपालखबर
असार २६, २०८० मंगलबार १३:१६, काठमाडौँ

बंगलादेशसँगको दुई मैत्रीपूर्ण खेलका लागि नेपाली राष्ट्रिय महिला फुटबल टोली आज त्यसतर्फ प्रस्थान गरेको छ।

दुई मैत्रीपूर्ण खेलका लागि ३१ सदस्यीय टोली आज बंगलादेश लागेको हो।

नेपालले बंगलादेशसँगको मैत्रीपूर्ण खेललाई एशियाली खेलकुदको तयारीका रुपमा समेत लिएको छ।

बंगलादेशको ढाकामा पहिलो मैत्रीपूर्ण खेल बिहीबार र दोस्रो खेल आइतबार हुनेछ।

गत भदौमा घरेलु मैदानमा भएको साफ च्याम्पियनसिपको फाइनलमा नेपाल बंगलादेशसँग ३–१ ले पराजित भएको थियो।

नेपाल त्यो हारको बदला उसकै घरेलु मैदानमा लिने लक्ष्यमा रहेको छ।

महिला फुटबल टोली
गोलकिपर – एन्जिला तुम्बापो सुब्बा, अन्जना राना मगर, उषा नाथ

डिफेन्डर – अमृता जैसी, गिता राना, हिराकुमारी भुजेल, पुजा राना, विमला विक, निशा थोकर, समीक्षा घिमिरे, अञ्जली वाइवा

मिडफिल्डर – रेनुका नगरकोटे, सरु लिम्बु विमला चौधरी, अनिता बस्नेत, प्रिति राई, दीपा शाही

फरवार्ड – सावित्रा भण्डारी, अनिता केसी, सविता राना मगर, रश्मीकुमारी घिसिङ, अमिषा कार्की, रेखा पौडेल

प्रशिक्षक – अनन्त राज थाप (मुख्य प्रशिक्षक), पारस चौधरी (सहायक प्रशिक्षक), सुरजकुमार लामा (गोलकिपर प्रशिक्षक)

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .