फिफा महिला विश्वकपमा मोरक्कोको पोस्टमा जर्मनीले आधा दर्जन गोल गरेको छ।
मेलर्वन रेक्ट्याङगुलर स्टेडियममा सोमबार भएको खेलमा जर्मनीले मोरक्कोलाई ६–० को फराकिलो अन्तरले पाखा लगाएको हो।
खेलमा ५९ प्रतिशत बल पोजेसन बनाएको जर्मनीले ४ गोल गर्दा २ गोल उपहार स्वरुप पायो। जर्मनीका लागि अलेक्जान्ड्रा पोपले खेलको ११ र ३९ मिनेटमा गोल गरिन्। क्लारा बुह्रले खेलको ४६ औं मिनेटमा गोल गरिन्।
खेलको ५४ औं मिनेटमा हनाने एट इल हाजले आत्मघाति गोल गरिन्। ५९ औं मिनेटमा जिनेब रेडोआनीले आत्मघाति गोल गरिन्।
लि सुलरले खेलको ९० औं मिनेटमा गोल गर्दै जर्मनीलाई ६–० को फराकिलो अग्रता दिलाइन्।
जितसँगै समूह जी मा रहेको जर्मनी तालिकाको शीर्ष स्थानमा उक्लिएको छ। पराजित मोरक्को पुछारमा छ।
24
Shares
प्रतिक्रिया