ad ad

खेल


अमेरिकामा पनि चम्किए मेस्सी, इन्टर मियामीको रवाफिलो जित

अमेरिकामा पनि चम्किए मेस्सी, इन्टर मियामीको रवाफिलो जित

नेपालखबर
साउन १०, २०८० बुधबार ११:४, काठमाडौँ

अर्जेन्टिनी स्टार लियोनेल मेस्सी अमेरिकामा पनि आफ्नो लयमा देखिएका छन्। 

डेब्यु खेलमा अन्तिम समयको फ्री किक गोलबाट सनसनीपूर्ण जित दिलाएका मेस्सीले दोस्रो खेलमा पनि आफ्नो प्रभाव देखाए। 

बुधबार बिहान भएको लिग कप फुटबल प्रतियोगितामा मेस्सीकै कप्तानी प्रदर्शनमा मियामीले दोस्रो जित दर्ता गरायो। 

लिग कपअन्तर्गतको दोस्रो खेलमा मियामीले एटलान्टा युनाइटेडलाई ४–० गोलको एक पक्षीय नतिजामा हराएको हो। 

मियामीलाई शानदार जित दिलाउने क्रममा मेस्सीले व्यक्तिगत २ गोल गरे। उनकै प्रदर्शनमा मियामीले लय समात्दै लगातार दुई खेलमा जित निकालेको छ। 

आफूले २ गोल गर्नुका साथै मेस्सीले रोबर्ट थोमस टेलरलाई एक गोलको अवसर निकालिदिए। 

इन्टर मियामीले खेलको आठौँ मिनेटमा मेस्सीको गोलमा अग्रता बनाएको थियो। त्यसपछि २२ औँ मिनेटमा उनकै गोलबाट मियामीको अग्रता दोब्बर भयो।

मियामी त्यतिमै रोकिएन। खेलको ४४ औँ मिनेटमा रोबर्ट थोमस टेलरले गोल गर्दै अग्रता ३-० मा पुर्‍याए। त्यसपछि खेलको दोस्रो हाफमा पनि मियामीले गोल गर्‍यो। खेलको ५३ औँ मिनेटमा मेस्सीको पासमा गर्दै टेलरले अर्को गोल गरे। 

मियामी ४ गोलले अघि रहेको अवस्थामा एटलान्टाले खेलको अन्तिम समयमा पेनाल्टी पायो। तर मियामीका थियागो अल्माटाले पेनाल्टी जोगाए। खेलको ८३ औँ मिनेटमा मियामीका क्रिस्फोटरले रातो कार्ड खाँदै मैदान छाडे। 

लिग कपको समूह चरणका दुवै खेल मियामीले आफ्नो पक्षमा पारेको छ। यससँगै उसको ४ अंक भएको छ। उता एटलान्टा र क्रुज अजुलले खाता खोल्न सकेका छैनन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .