फिफा महिला विश्वकपमा आयोजक अष्ट्रेलियालाई पराजित गर्दै नाइजेरिया शीर्ष स्थानमा उक्लिएको छ।
ब्रिसबेन स्टेडियममा बिहिबार भएको खेलमा नाइजेरियाले अस्ट्रेलियालाई ३–२ लाई पराजित गर्दै अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको हो।
खेलमा अस्ट्रेलियाले ४९ प्रतिशत बल पोजेशन बनाएपनि जित निकाल्न सकेन।
खेलमा १–० ले पछि परेको स्थिती उल्टाउँदै नाइजेरियाले घरेलु टोलीमाथि सानदार जित निकालेको हो।
पहिलो हाफमा थप गरिएको पहिलो मिनेटमा एमिली भ्यान इग्मोन्डको गोलमा अष्ट्रेलियाले सुरुवाती अग्रता बनाएको थियो।
इन्जुरी समयको छैटौँ मिनेटमा उचेना कानुको गोलमा नाइजेरिया खेलमा फर्किएको थियो।
तर दोस्रो हाफमा केही दबाब बनाएपनि त्यसलाई कायम राख्न नसक्दा हार भोग्न बाध्य भयो।
खेलको ६५ औं मिनेटमा ओसिनाची ओहालेको गोलमा नाइजेरियाले २–१ ले अग्रता बनायो।
७२ औं मिनेटमा असिस्ट ओशोआलाको गोलमा नाइजेरियाले ३–१ अग्रता लिएको थियो।
खेलको इन्ज्युरी समयको १० औं मिनेटमा एलाना केनेडीको गोलमा अष्टे«लिया खेलमा फर्किने संकेत गरेको थियो।
जितसँगै नाइजेरिया समूह बी को शीर्ष स्थानमा उक्लिएको छ। १ खेलमा जित र एक खेलमा बराबरी गरेको नाइजेरिया ४ अंकमा शीर्ष स्थानमा छ।
एक खेलमा जित र एक खेलमा पराजित अष्ट्रेलिया तेस्रो स्थानमा झरेको छ।
दुई खेलमा जित र एक खेलमा बराबरी गरेको क्यानडा दोस्रो स्थानमा छ। दुई खेलमा हार भोगेको आयरल्याण्ड तालिकाको अन्तिमा छ।
Shares
प्रतिक्रिया