बायर्न म्युनिखका स्टार फरवार्ड साडियो माने पनि साउदी अरेबियन क्लब अल नासार पुगेका छन्।
पछिल्लो सिजन युरोपियन क्लब बाड्दै एशियन मुलुक साउदीले ठुलो रकम खर्चदै खेलाडीहरुलाई तानिरहेको छ।
युरोपियन लिग छाड्दै साउदी आउने सूचीमा पछिल्लो समय लिभरपुलका पुर्व फरवार्ड माने पनि थपिएका छन्।
मानेले अब साउदी प्रो लिगमा क्रिस्टियानो रोनाल्डोसँगै खेल्ने छन्।
गत डिसेम्बरमा रोनाल्डोले युरोपियन क्लब छाड्दै अल नासार आएका थिए।
रोनाल्डोले साउदी रोजेपछि धेरै खेलाडीको ध्यान एशियातिर परेको हो।
यसैबचमा सेनेगलका माने आगामी ४ वर्षका लागि अल नासार पुगेका हुन्। मानेले एक वर्षमा ३४ मिलियन पाउण्ड पाउने सम्झौता गर्दै अल नासार पुगेका हुन्।
सन् २०२७ सम्म अल नासारमा रहने मानेले १३६ मिलियन पाउण्ड पाउनेछन्।
३१ वर्षीय मानेले बार्यनबाट ३८ खेलमा १२ गोल गरेका छन्।
६ वर्ष एनफिल्डमा बिताएका मानेले च्याम्पियन्स लिग, फिफा क्लब वर्ल्डकप, युईएफए सुपर कप, एफए कप र काराबाओ कपको उपाधि उचालिसकेका छन्।
Shares
प्रतिक्रिया