नेपाली राष्ट्रिय क्रिकेट टोलीका अलराउन्डर दीपेन्द्रसिंह ऐरी सम्मिलित मोन्टरिएल टाइगर्स ग्लोबल टी-२० क्यानडामा भ्यानकुभेर नाइट्ससँग ९ विकेटले हारेको छ।
१ सय रनको सामान्य लक्ष्य भ्यानकुभेरले १४.५ ओभरमा १ विकेट गुमाउँदै भेट्टाायो।
दोस्रो विकेटका लागि मोहम्मद रिजवान र कोब्रिन बोसले ८२ रनको साझेदारी गरेपछि दपीपेन्द्रको टोलीले फराकिलो पराजय बेहोरेको हो।
मोहम्मद ५४ बलमा १० चौका र १ छक्कासहित ६८ रनमा र कोब्रिन २९ बलमा ३ चौकासहित २८ रनमा नटआउट रहे।
ओपनर फखार जमाने ४ रनमा बोल्ड आउट भए।
त्यसअघि टस जितेर ब्याटिङ गरेको टाइगर्स १८.३ ओभरमा ९९ रनमा अल आउट भयो।
दीपेन्द्रले २७ बलमा ३ चौकासहित २४ रन बनाउँदा बोल्ड आउट भए। ओपनर मोहम्मद वासिमले २८ रनको योगदान दिए।
गएराति नै भएको अर्को खेलमा लेग स्पिनर सन्दीप लामिछाने सम्मिलित सर्रे जागुअर्सले ब्राम्पटन जागुअर्सलाई ६ विकेटले हराएको छ।
३ ओभर बलिङ गरेका सन्दीपले २५ रन दिए पनि कुनै विकेट लिन सकेनन्।
ग्लोबल टी-२० मा दीपेन्द्रको टोली मोन्टरिएल ७ खेलमा ९ अंब बनाउँदै तालिकाको शीर्ष स्थानमा छ।
एक खेल कम खेलेको सन्दीपको टोली ८ अंकमा दोस्रो स्थानमा छ।
Shares
प्रतिक्रिया