नाइजेरियालाई पराजित गर्दै इङ्ल्यान्ड फिफा महिला विश्वकपको क्वार्टरफाइनलमा प्रवेश गरेको छ।
सोमबार अष्ट्रेलियाको ब्रिसवेन स्टेडियममा भएको खेलमा नाइजेरियालाई टाइब्रेकरमा ४–२ ले पराजित गर्दै युरोपियन च्याम्पियन इङल्याण्ड अन्तिम ८ मा पुगेको हो।
निर्धारित समयमा दुवैतर्फबाट गोल हुन नसकेपछि खेल अतिरिक्त समयमा धकेलिएको थियो।
अतिरिक्त समयमा पनि दुवैतर्फबाट गोल हुन नसकेपछि खेलको निर्णय टाइब्रेकरबाट लिइएको हो।
टाइब्रेकरमा इङ्ल्यान्डका बेथ इङ्गल्याण्ड, राहेल डेली, एलेक्स ग्रीनवुड र क्लो केलीले गोल गरेका थिए। नाइजेरिका रसिदात अजिवदे र क्रिस्टीले गोल गरे।
त्यसअघि खेलको ८७ औं मिनेटमा इङल्याण्ड १० खेलाडीमा समेटिएको थियो। नाइजेरियाकी मिसेल एलोजीलाई खराब ट्याकल गरेपछि भिडियो असिस्टेन्ड रेफ्रि (भिएआर) को सहायतामा रेफ्रिले सिधै रातो कार्ड देखाएपछि लरेन जेम्सले मैदान छाडेकी थिईन्।
क्वार्टरफाइनलमा इङ्ल्यान्डले अब कोलोम्बिया र जमैकाबीचको खेलको विजेतासँग खेल्नेछ।
Shares
प्रतिक्रिया