ad ad

खेल


राणा नेतृत्वको तेक्वान्दो संघले खेल्न नदिएपछि न्याय खोज्दै खेलाडी

राणा नेतृत्वको तेक्वान्दो संघले खेल्न नदिएपछि न्याय खोज्दै खेलाडी

नेपालखबर
भदौ २५, २०८० सोमबार २१:४, काठमाडौँ

नेपाली तेक्वान्दोका ४० भन्दा खेलाडीले आफ्नो अभिभावकीय संस्था नेपाल तेक्वान्दो संघले प्रतियोगितामा सहभागी हुनबाट बञ्चित गराएको भन्दै न्याय माग गरेका छन्।

नेपालका लागि दक्षिण कोरियाली दूतावासको सहयोग तथा नेपाल तेक्वान्दो संघको संयुक्त आयोजनामा आगामी भदौ २७ देखि ३१ गतेसम्म ११ औं कोरियाली एम्बेसडर अन्तर्राष्ट्रिय तेक्वान्दो च्याम्पियनसिप हुँदैछ। उक्त प्रतियोगितामा प्रतिस्पर्धा गर्न देशभरबाट धेरै खेलाडीको आफ्नो नाम दर्ता गराएका थिए।

तर, प्रकाश शमशेर राणा नेतृत्वको नेपाल तेक्वान्दो संघले आफूहरूको दर्ता अस्विकृत गरेको खेलाडीहरूको भनाइ छ। यससँगै संघले स्वतन्त्रपूर्वक खेल्न पाउने आफूहरूको अधिकारीबाट वञ्चित गराएको खेलाडीहरूले आरोप लगाएका छन्।

सोमबार त्रिपुरेश्वरस्थित नेपाल खेलकुद पत्रकार मञ्चमा खेलाडीले संयुक्त पत्रकार सम्मेलन आयोजना गर्दै तेक्वान्दो संघ भित्रको राजनीति खिचातानी कारण आफूहरूको भविष्यमाथि समेत खेलबाड भइरहेको बताएका छन्।

सोही टोलीका राष्ट्रिय खेलाडीसमेत रहेका एलिस ठकुरीले आफ्नो गुरुको नाम लिँदै संघका केही यक्तिले पटकपटक आफूलाई निरुत्साहित हुने काम गरेकाले प्रशिक्षण क्याम्प नै छाड्न बाध्य भएको बताएका छन्।

संघ र प्रशिक्षकबीचको विवाद कारण आफूहरूलाई प्रतियोगिता खेल्न वञ्चित गराउँदै आएको उनीहरूको आरोप लगाएका छन्।

खेलाडीहरूमाथि परेको अन्यायबिरुद्ध युवा तथा खेलकुद मन्त्रालय र राष्ट्रिय खेलकुद परिषद्मा पनि निवेदन दिएपनि कुनै सुनुवाई नभएपछि आफूहरू पत्रकार सम्मेलन गर्न बाध्य भएको उनीहरूको भनाइ छ।

वर्षौंदेखि नेपाल तेक्वान्दो संघलाई खेलेबापत ग्रेडिङ शुल्कसमेत तिर्दै आएको भएपनि अहिले सोही संघले नै अन्याय गरिरहेको उनीहरूले गुनासो पोखेका छन्। साथै खेलकुदकै उच्च निकायबाट पनि आफूहरूमाथि भएको अन्यायमा कुनै सुनुवाई नभएकोमा उनीहरुले दुखेसो पोखेका छन्।

नेपालस्थित दक्षिण कोरियाली दूतावासको पाँच लाख सहयोगमा हुँदै आएको तेक्वान्दो प्रतियोगितामा यसअघि खेलाडीले निशुल्क खेल्दै आए पनि यस पटकदेखि एक हजार पाँच सय शुल्क लिएको र सोही शुल्क तिरेर पनि आफूहरूले खेल्न नपाएको तेक्वान्दो खेलाडीको भनाइ छ। नेपाल तेक्वान्दो संघको गतिविधिबिरुद्धमा दुतावासमा समेत निवेदन दिएको खेलाडीहरूले जानकारी दिएका छन्।

कोही खेलाडीले आफूमाथि परेको अन्याय बिरुद्धमा बोल्यो भने राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा खेल्न नदिइ खेलाडीको भविष्यमाथि समेत संघले खेलबाड गर्ने गरेको खेलाडीहरूले आरोप लगाएका छन्।

अहिले धेरै खेलाडीहरू भौतिक रूपमा उपस्थित हुन नसके पनि देशभर कयौं खेलाडीलाई संघ राजनीति स्वार्थका कारण प्रतियोगिता खेल्नबाट वञ्चित गरिरहेको खेलाडीहरूको भनाइ छ। 

चीनमा हुने एसियाडको तयारीमा रहेका खेलाडीहरूले समेत आफूहरूमाथि परेको अन्यायबिरुद्ध साथ दिने ती खेलाडीको विश्वास छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .