शनिबारदेखि चीनको हाङझाओमा सुरु हुने १९ औँ एसियन खेलकुदमा उसुकी निमा घर्ती मगर र तेक्वान्दोका वीरबहादुर महराले नेपालको झन्डा बोक्ने भएका छन्।
उसुकी निमा १२ औँ र १३ औँ दक्षिण एसियाली खेलकुद प्रतियोगिताकी स्वर्ण पदक विजेता हुन्।
उता महरा पनि १३ औँ दक्षिण एसियाली खेलकुदमा स्वर्ण विजेता हुन्। एसियन खेलकुदको उद्घाटन शनिबारभए पनि खेलहरु भने असोज २ बाटै सुरु भइसकेका छन्।
एसियन खेलकुदको उद्घाटनमा नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड पनि सहभागी हुँदैछन्।
36
Shares
प्रतिक्रिया