ad ad

खेल


एसियाली खेलकुदमा नेपाली क्रिकेट टोलीको सहभागिता आजदेखि

एसियाली खेलकुदमा नेपाली क्रिकेट टोलीको सहभागिता आजदेखि

फाइल तस्बिर


नेपालखबर
असोज १०, २०८० बुधबार ८:१, काठमाडौँ

नेपाली राष्ट्रिय क्रिकेट टोली चीनको हाङजाओमा जारी १९औँ एसियाली खेलकुद (एसियन गेम्स) मा आज (बुधबार) देखि सहभागी हुँदै छ।  

समूह चरणको पहिलो खेलमा आज नेपाल मंगोलियासँग भिड्नेछ।

खेल झेझियाङ युनिभर्सिटी अफ टेक्नोलोजी पिङफेङ क्रिकेट फिल्डमा स्थानीय समयानुसार बिहान पौने ७ बजे सुरु हुनेछ। 

एसियाडका लागि नेपाली क्रिकेट टोली आइतबारै चीन पुगिसकेको छ भने स्पिनरद्वय सन्दीप लामिछाने र सागर ढकाल भने हिजो मात्र गएका छन्। 

आजको खेलमा नेपालविरुद्ध खेल्दै मंगोलियाले अन्तर्राष्ट्रिय क्रिकेटमा डेब्यु गर्नेछ। 

समूह चरणको दोस्रो खेलमा नेपालले आइतबार मालदिभ्ससँग खेल्नेछ।

एसियाडका लागि मालदिभ्सले दोस्रो रोजाइका खेलाडी पठाएको छ। एसियाड र आईसीसी टी–२० विश्वकप सब रिजनल एसिया क्वालिफायर ए जुधेपछि मालदिभ्सले दोस्रो रोजाइको टोली पठाएको हो। 

सहज समूहमा परेको नेपालले क्वार्टरफाइनलमा भारत, पाकिस्तान, श्रीलंका, बंगलादेशमध्ये एकसँग खेल्नेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .