ad ad

खेल


कुशल र दीपेन्द्रले रचे इतिहास, शतक र अर्धशतकमा बनाए विश्व कीर्तिमान

कुशल र दीपेन्द्रले रचे इतिहास, शतक र अर्धशतकमा बनाए विश्व कीर्तिमान

फाइल तस्बिर


नेपालखबर
असोज १०, २०८० बुधबार १०:०, काठमाडौँ

टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालका दुई ब्याट्सम्यानले विश्व कीर्तिमान बनाएका छन्।

चीनको हाङजाओमा जारी १९औँ एसियाली खेलकुदअन्तर्गत आज मंगोलियाविरुद्धको खेलमा कुशल मल्ल र दीपेन्द्रसिंह ऐरीले सबैभन्दा कम बलमा शतक र अर्धशतक पूरा गर्ने विश्व कीर्तिमान आफ्नो नाममा गरेका हुन्। 

मंगोलियाविरुद्ध विस्फोटक प्रदर्शन गरेका बायाँहाते युवा ब्याटर कुशल मल्लले ३४ बलमा शतक पूरा गरी विश्व कीर्तिमान बनाएका हुन्। 

यसअघि यसअघि टी २० आईमा सर्वाधिक छिटो शतक ३५ बलको थियो। भारतीय टोलीका कप्तान रोहित शर्मा, दक्षिण अफ्रिकाका डेविड मिलर र चेकरिपब्लिकनका सुदेश विक्रम शेखरले समान ३५ बलमा शतक पूरा गरेका थिए। 

यसैगरी नेपालका आक्रामक अलराउन्डर दीपेन्द्रसिंह ऐरीले ९ बलमा अर्धशतक पूरा गर्दै विश्व कीर्तिमान कायम गरेका छन्। 

मंगोलियाविरुद्धको खेलमा दीपेन्द्रले १९औँ ओभरमा लगातार पाँच छक्का हानेर विश्व कीर्तिमान आफ्नो नाममा कायम गरेका हुन्।

योसँगै दीपेन्द्रले भारतीय ब्याटर युवराज सिंहको १२ बलको कीर्तिमान तोडेका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .