ad ad

खेल


अर्धशतकमा विश्व कीर्तिमान बनाएका दीपेन्द्रलाई लुम्बिनीले १ लाख दिने

टोलीका खेलाडीलाई जनही १० हजार
अर्धशतकमा विश्व कीर्तिमान बनाएका दीपेन्द्रलाई लुम्बिनीले १ लाख दिने

फाइल तस्बिर


नेपालखबर
असोज १०, २०८० बुधबार १२:१२, काठमाडौँ

नेपाली राष्ट्रिय क्रिकेट टोलीका अलराउन्डर दीपेन्द्रसिंह ऐरीलाई लुम्बिनी अल स्टारले १ लाख रुपैयाँ पुरस्कार दिने भएको छ। 

चीनमा जारी १९औं एसियाली खेलकुदअन्तर्गत बुधबार मंगोलियाविरुद्ध भएको खेलमा ९ बलमा अर्धशतक पूरा गरी विश्व कीर्तिमान बनाएका दीपेन्द्रलाई लुम्बिनीले १ लाख रुपैयाँ पुरस्कार दिने घोषणा गरेको हो। 

टी २० आईमा ऐरीले विश्व कीर्तिमान आफ्नो नाममा गरेका हुन्। 

१० बलको सामना गरेका ऐरीले ८ छक्का प्रहार गरे। ऐरी नेपाल प्रिमियर लिग क्लब लुम्बिनीका कप्तानसमेत हुन्। 

साथै लुम्बिनीले मंगोलियाविरुद्ध कीर्तिमानी जित हासिल गर्ने टोलीका खेलाडीलाई जनही १० हजार रुपैयाँ दिने घोषणा गरेको छ। 

नेपालले मंगोलियाविरुद्ध २ सय ७३ रनको कीर्तिमानी जित हासिल गरेको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .