ad ad

खेल


टाइब्रेकरमा भुटानलाई हराउँदै फाइनलमा पुग्यो पाकिस्तान

टाइब्रेकरमा भुटानलाई हराउँदै फाइनलमा पुग्यो पाकिस्तान

भुटान र पाकिस्तानबीचको खेल


नेपालखबर
असोज १०, २०८० बुधबार १६:४, काठमाडौँ

टाइब्रेकरमा भुटानलाई पराजित गर्दै पाकिस्तान साफ यू-१९ च्याम्पियनसिपको फाइनलमा प्रवेश गरेको छ। 

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बुधबार टाइब्रेकरमा ६–५ ले पराजित गर्दै पाकिस्तान उपाधि नजिक पुगेको हो। 

समूह चरणको पहिलो खेलमा आयोजक नेपाललाई समेत हराएको पाकिस्तानले पहिलो पटक फाइनल यात्रा तय गरेको हो। 

क्षत्रिन पेल्जामको प्रहार पाकिस्तानका गोलरक्षक शाहिल कुलले रोक्दा भुटान पहिलो पटक फाइनलमा पुग्नबाट चुक्यो। 

भुटानका किनजाङ तेन्जिङ, जिग्ने माम्गेल, रिनजिङ दोर्जी, युगेन दोर्जी, पेमा जाम्पोले गोल गरे। 

पाकिस्तानका मोहम्म्द अदिल युनास, शाह जहान, अलि जफान, खुर्सिद अलाम, मुहम्मद सदाम र कमिल अहमदले गोल गरे। 

निर्धारित समयमा दुवैतर्फबाट गोल हुन नसकेपछि खेलको निर्णय टाइब्रेकरबाट लिइएको हो। 

खेल अवधिभर पाकिस्तानलाई दबाबमा राखेको भुटानले उत्कृष्ट अवसर सृजना गरे पनि गोल निकाल्न सकेन।

पाकिस्तानले अब उपाधिका लागि नेपाल र भारतमध्यको खेलको विजेतासँग खेल्नेछन्।

दोस्रो सेमिफाइनल खेल बुधबार नै साँझ दशरथ रंगशालामा हुँदैछ। फाइनल भिडन्त शनिबारलाई तय गरिएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .