समिर तामाङको गोल गरेपछि नेपालले भारतविरुद्धको दोस्रो सेमिफाइनल भिडन्तलाई रोचक बनाएको छ।
साफ यू-१९ च्याम्पियनसिपको सेमिफाइनलको दोस्रो हाफमा घरेलु टोली भारतविरुद्ध गोल गर्दै नेपाल खेलमा फर्किएको छ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा पहिलो हाफमा १–० ले पछि परेको नेपाल दोस्रो हाफमा खेलमा फर्किएको हो।
खेलको २६ औं मिनेटमा शाहिल खुर्सिदको गोलमा भारतले सुरुवाती अग्रता बनाएको थियो। नेपालका गोलरक्षकको गल्तीको फाइदा उठाउँदै शाहिलले बललाई पोष्टको गति दिए।
३२ औं मिनेटमा कुशल देउवाको प्रहार सिधै भारतिय गोलरक्षकको हातमा पुग्यो। पहिलो हाफको इन्ज्इुरी समयमा कुशल देउवाको कर्नर समिर तामाङको हेडर फष्टबारबाट बाहिरिदा नेपालले बराबरी गर्ने मौका गुमायो।
खेलको ४७ औं मिनेटमा निराजन धामीको प्रहार पोष्टमा लागेर फर्कियो।
५६ औं मिनेटमा राजा हरिजनले ह्याण्ड गरेपछि नेपालले फ्रिकीक मौका पाएको थियो। खेलको ५९ औं मिनेटमा प्रशान्त लक्समको फ्रिकीक पोष्ट माथिबाट आकाशियो।
खेलको ७४ औं मिनेटमा दीपक थापामगरको असिस्टमा समिर तामाङको गोलमा नेपाल खेलमा फर्किएको छ।
Shares
प्रतिक्रिया