१९औँ एसियन गेम्सअन्तर्गत महिला फुटबलको आफ्नो समूह चरणको अन्तिम खेलमा आज (बिहीबार) नेपाल र बंगलादेश भिड्दै छ।
खेल वानझाउ ओलम्पिक स्पोर्ट्स सेन्टर स्टेडियममा स्थानीय समयानुसार दिउँसो १:४५ बजे सुरु हुनेछ।
यसअघिका दुई खेलमा लगातार हार भोगेका नेपाल र बंगालदेश दुवै जितका साथ एसियाडको सुखद अन्त्य गर्ने योजनामा छन्।
समूह चरणको आफ्नो पहिलो खेलमा नेपाल भियतनामसँग २–० गोल अन्तरले पराजित भएको थियो। जापानसाग भने ८–० को फराकिलो हार व्यहोरेको थियो।
उता आफ्नो पहिलो खेलमा बंगलादेश जापानसँग ८–० कै फराकिलो अन्तरले पराजित भएको थियो समूह चरणको दोस्रो खेलमा भियतनामलाई ६–१ को नतिजा सुम्पेको थियो।
समूह डीमा रहेका नेपाल र बंगालदेशले आजको खेलसँगै एसियाड यात्रा अन्त्य गर्नेछन्।
पछिल्ला ३ खेल हेर्ने हो भने नेपालले बंगलादेशलाई हराउन सकेको छैन।
गत वर्ष घरेलु मैदानमा भएको साफ च्याम्पियनसिपको फाइनलमा नेपाल बंगलादेशसँग हारेको थियो।
त्यसयता नेपालले बंगालदेशलाई जित्न सकेको छैन।
यसअघि बंगालदेशमा नै भएको दुई मैत्रीपूर्ण खेलमा नेपाल र बंगालदेशले बराबरी गरेका थिए।
Shares
प्रतिक्रिया