ad ad

खेल


नेपालले माल्दिभ्सलाई दियो २१३ रनको लक्ष्य

नेपालले माल्दिभ्सलाई दियो २१३ रनको लक्ष्य

फाइल तस्बिर


नेपालखबर
असोज १४, २०८० आइतबार ८:४१, काठमाडौँ

चीनको हाङजाओमा जारी १९ औँ एसियाली खेलकुदमा नेपालले माल्दिभ्सलाई २१३ रनको चुनौती दिएको छ।

टस जितेर पहिला ब्याटिङ रोजेको नेपालले ७ विकेटको क्षतिमा २१२ रन बनाएको हो।

कप्तान रोहित पौडेलको अर्धशतकमा नेपालले माल्दिभ्सलाई चुनौतीपूर्ण लक्ष्य दिएको हो।

रोहितले २७ बल खेल्दै ३ चौका र ३ छक्काको मद्दतमा ५२ रन बनाएर रनआउट भए। कुशल मल्लले २० बलमा ४७ रनको नटआउट पारी खेले।

उनले ३ चौका र २ छक्का प्रहार गरे। गुल्सन झाले ३५, कुशल भुर्तेतले ३५, विनोद भण्डारी १३, आशिफ शेखले ६, सन्दिप जोराले ५ रन जोड्दा दिपेन्द्र सिंह ऐरी ६ रनमा क्याचआउट हुन पुगे। सोमपाल कामी १ रनमा नटआउट रहे। 

माल्दिभ्सका लागि नजवान स्माइलले ३ विकेट लिँदा नासिर नाइल इस्माइल, मोहमद मिउभान र थोलाल मोहमद रायाले समान एक एक विकेट हात पारे। 

माल्दिभ्सले जवाफी ब्याटिङ सुरु गरेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .