ad ad

खेल


माल्दिभ्सविरुद्ध नेपाल १३८ रनले विजयी, अभिनाशले लिए ६ विकेट

माल्दिभ्सविरुद्ध नेपाल १३८ रनले विजयी, अभिनाशले लिए ६ विकेट

फाइल तस्बिर


नेपालखबर
असोज १४, २०८० आइतबार ९:५६, काठमाडौँ

चीनको हाङजाओमा जारी १९औं एसियाली खेलकुदअन्तर्गत टी-२० क्रिकेटमा नेपालले माल्दिभ्सलाई १३८ रनले हराएको छ।

२१३ रनको चुनौती पछ्याएको माल्दिभ्सलाई २ बल बाँकी छँदा ७४ रनमा अलआउट गर्दै नेपालले शानदार जित दर्ता गरेको हो। जितसँगै नेपाल क्वाटरफाइनलमा प्रवेश गरेको छ। 

नेपालको जितमा अभिनाश बोहरा नायक बने। अभिनाशले माल्दिभ्सविरुद्ध ६ विकेट लिए।

३.४ ओभर बलिङ गरेका अभिनाशले ११ रन खर्चिएर ६ विकेट हात पारेका हुन्। बाँकी एक/एक विकेट सोमपाल कामी, गुल्सन झा, सन्दीप लामिछाने र कुशल भुर्तेलले लिए।  

माल्दिभ्सका लागि मुअभिथ गनेले सर्वाधिक ३६ रन बनाए। उनले ३४ बलमा २ चौका र २ छक्का प्रहार गरे। तर ६ ब्याटरले रनको खातै खोल्न सकेनन्। इस्माइल अलीले ३, फरिद शिउस १० रन बनाउँदा र रशीद रासम १२ रनमा नटआउट रहे। 

त्यसअघि नेपालले कप्तान रोहित पौडेलको अर्धशतकमा माल्दिभ्सलाई चुनौतीपूर्ण लक्ष्य दिएको थियो। रोहितले २७ बल खेल्दै ३ चौका र ३ छक्काको मद्दतमा ५२ रन बनाएर रनआउट भए। 

कुशल मल्लले २० बलमा ४७ रनको नटआउट पारी खेले। उनले ३ चौका र २ छक्का प्रहार गरे। गुल्सन झाले ३५, कुशल भुर्तेतले ३५, विनोद भण्डारी १३, आशिफ शेखले ६, सन्दीप जोराले ५ रन जोड्दा दिपेन्द्र सिंह ऐरी ६ रनमा क्याचआउट हुन पुगे। सोमपाल कामी १ रनमा नटआउट रहे। 

माल्दिभ्सका लागि नजवान स्माइलले ३ विकेट लिँदा नासिर नाइल इस्माइल, मोहमद मिउभान र थोलाल मोहमद रायाले समान एक/एक विकेट हात पारे। 

पहिलो खेलमा नेपालले मंगोलियालाई २७३ रनले पराजित गरेको थियो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .