ad ad

खेल


क्रिकेट क्वार्टरफाइनलमा नेपाल भारतसँग भिड्ने

क्रिकेट क्वार्टरफाइनलमा नेपाल भारतसँग भिड्ने

नेपालखबर
असोज १५, २०८० सोमबार १०:४३, काठमाडौँ

चीनमा जारी १९औं एसियन गेम्सअन्तर्गत टी-२० क्रिकेटको क्वार्टरफाइनलमा नेपाल भारतसँग भिड्ने भएको छ। 

नेपाल र भारतबीचको खेल मंगलबार बिहान पौने ७ बजे सुरु हुनेछ। 

आज भएको लक्की ड्रबाट नेपाल र भारतको भेट क्वार्टरफाइनलमा पक्का भएको हो। 

समूह चरणको पहिलो खेलमा नेपालले मंगोलियाविरुद्ध २ सय ७३ रनको कीर्तिमानी जित हासिल गरेको थियो।

दोस्रो खेलमा नेपालले मालदिभ्सलाई १ सय ३८ रनले हराएको थियो।

नेपाल समूह एको विजेता बन्दै अन्तिम ८ स्थानमा पुगेको हो। 

क्वार्टरफाइनलको दोस्रो खेलमा भोलि नै पाकिस्तान र हङकङ भिड्नेछन्।

श्रीलंका र अफगानिस्तान तथा बंगलादेश र मलेसिया बुधबार खेल्नेछन्।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .