ad ad

खेल


भारतविरुद्ध विकेटका लागि संर्घष गर्दै नेपाल

भारतविरुद्ध विकेटका लागि संर्घष गर्दै नेपाल

फाइल तस्बिर


नेपालखबर
असोज १६, २०८० मंगलबार ७:३०, काठमाडौँ

चीनमा जारी १९औँ एसियन गेम्सअन्तर्गत टी-२० क्रिकेटको पहिलो क्वार्टरफाइनलमा नेपाली राष्ट्रिय क्रिकेट टोली भारतीय टोलीविरुद्ध विकेटका लागि संर्घष गरिरहेको छ। 

झेझियाङ युनिर्भसिटी अफ टेक्नोलोजी क्रिकेट फिल्डमा भारतले टस जितेर ब्याटिङ गरेको भारतले ८ ओभरको समाप्तिमा अविजित ८४ रन बनाएको छ।

ओपनर यशस्वी जैसवाल ६५ र कप्तान ऋतुराज गायकवाड १४ रनमा नटआउट छन्। 

जैसवाल ५७ र गायकवाड १४ रनमा अविजित छन्। ३१ बलको सामना गरेका जैसवालले ५ चौका र ५ छक्का मद्दतमा ६५ रन बनाएका हुन्। १९ बलको सामना गरेका गायकवाडले ३ चौका प्रहार गर्दै १८ रन बनाए।

नेपाल र भारत टी २० आईमा पहिलोपटक आमनेसामने भएका हुन्। नेपालले आजको खेलमा मालदिभ्सविरुद्धको टोलीबाट १ खेलाडी परिवर्तन गरेको छ।

तीव्र गतिका बलर करण केसीले सुरुवाती ११ मा स्थान बनाउँदा विकेट किपर विनोद भण्डारी बेन्चमा छन्। नेपाल रोहित पौडेलको कप्तानीमा छ। 

इन्डियन प्रिमियर लिग (आईपीएल) का स्टार खेलाडीले भरिएको भारत एसियाडमा उपाधि दाबेदार टोली हो। नेपाल बलियो टोली भारतलाई हराउँदै अन्तिम चारमा स्थान पक्का गर्न चाहन्छ। 

एसियाडमा भारतले सिधै क्वार्टरफाइनलमा स्थान बनाएको हो। 

नेपालले समूह एको पहिलो खेलमा मंगोलियाविरुद्ध २ सय ७३ रनको कीर्तिमानी जित हासिल गर्‍यो भने दोस्रो खेलमा मालदिभ्सलाई १ सय ३८ रनले हराएको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .