ad ad

खेल


भारतविरुद्धको खेलमा ऐरी पनि फर्किए पवेलियन

भारतविरुद्धको खेलमा ऐरी पनि फर्किए पवेलियन

फाइल तस्बिर


नेपालखबर
असोज १६, २०८० मंगलबार ९:४५, काठमाडौँ

चीनको हाङजाओमा जारी १९औं एसियन गेम्सअन्तर्गत भारतविरुद्धको टी-२० क्रिकेटमा अलराउन्डर दीपेन्द्रसिंह ऐरी पनि पवेलियन फर्केका छन्।

१५ बलमा ४ चौकासहित ३२ रन बनाएका दीपेन्द्र रवि विश्नोइको बलमा साइ किशोरको हातबाट क्याच आउट भए। 

योसँगै क्रिकेटको पहिलो क्वार्टरफाइनल खेलमा नेपालको पाँचौ विकेट पतन भएको छ। 

पहिलो विकेटका लागि ओपनर कुशल भुर्तेल र आशिफ शेखले २९ रनको साझेदारी गरे। १० रन बनाएका आशिफ ३.४ ओभरमा अभेष खानको बलमा विकेट किपरको हातबाट क्याच आउट भए। 

अर्का ओपनर कुशल भुर्तेल २८ रनमा पवेलियन फर्के। भुर्तेल ८.५ ओभरमा साइ किशोरको बलमा आवेश खानको हातबाट क्याच आउट भए। ३२ बलको सामना गरेका भुर्तेलले ४ चौका र १ छक्का हाने।

कुशल मल्ल २९ रनमा क्याच आउट भए। २२ बलको सामना गरेका कुशल मल्लले २ चौका र २ छक्का हाने। 

११औं ओभरको चौथो बलमा मल्ललाई गुमाएको नेपालले त्यही ओभरको अन्तिम बलमा कप्तान रोहित पौडेललाई पनि गुमायो।

५ बलमा ३ रन बनाएका कप्तान रोहित रवि विश्नोइको बलमा एलबीडब्लु धरापमा परे।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .