नेपाली राष्ट्रिय क्रिकेट टोलीका मुख्य प्रशिक्षक मोन्टी देसाईले खेलाडीको प्रदर्शनबाट आफू सन्तुष्ट रहेको बताएका छन्।
पहिलो क्वार्टरफाइनल खेलमा भारतसँग पराजित हुँदै नेपालले हाङजाओ एसियाड यात्रा टुंग्याएको छ।
खेलपछि टोलीका मुख्य प्रशिक्षक देसाईले भने, हामीले धेरै राम्रो सुधार गरेका छौँ। ब्याटिङमा राम्रो भैरहेको छ। फिल्डिङ राम्रो छ तर केही कमजोरी छन्। फिल्डिङमा सुधार गर्नुपर्नेछ।’
भारतीय टोलीविरुद्ध नेपाली खेलाडीले राम्रो प्रदर्शन गरेको सुनाए।
उनले भने, ‘भारतका सबै खेलाडी आइपीएल खेलेका छन्, पुरै सिजन क्याम्पमा बस्छन्। तर पनि उनीहरुलाई हाम्रा खेलाडीले राम्रो चुनौती दिए।’
नेपालले अब घरेलु मैदानमा टी–२० पिवश्वकप छनोट खेल्दै छ। देसाईको आगमनपछि घरेलु मैदानमा नेपाली टोली अपराजित छ।
देसाईले भने, ‘विश्वकप छनोटअघि टिममा कन्फिडेन्ट बढेको छ। खेलाडीमा जितको भोक छ। फरक विपक्षीसँग राम्रो खेलिरहेका छौँ। म खेलाडीको प्रदर्शनबाट खुसी छु।’
टी–२० अघि दीपेन्द्र लयमा फर्कनुलाई प्रशिक्षक देसाईले सकारात्मक रुपमा लिएका छन्। देसाईले थपे, ‘दीपेन्द्र टी २० स्पेसलिस्ट हो, सो उसले राम्रो गरिरहेको छ। उ क्लियर छ।’
Shares
प्रतिक्रिया