ad ad

खेल


रेडहर्सलाई हराउँदै चाँद मानेभञ्ज्याङ गोल्डकपको क्वार्टरफाइनलमा

रेडहर्सलाई हराउँदै चाँद मानेभञ्ज्याङ गोल्डकपको क्वार्टरफाइनलमा

नेपालखबर
असोज १६, २०८० मंगलबार १८:२२, काठमाडौँ

चाँद एफसी तीनधारिया सातौँ मानेभञ्ज्याङ गोल्डकप फुटबलको क्वार्टरफाइनल प्रवेश गरेको छ।

 रेडहर्स फुटबल क्लब इलामलाई ४–१ गोल अन्तरले हराउँदै चाँदले अन्तिम ८ मा स्थान तय गरेको हो। 

खेलको सुरुवाती अग्रता इलामले लिएको थियो। २५ औँ मिनेटमा आयुष तिम्सिनाले इलामलाई अग्रता दिलाएका थिए। 

४ मिनेट नबित्दै सौभर तामाङले हेडर गोलबाट खेलमा बराबरी गरे। पहिलो हाफमा बराबरीमा सकिएको खेलको दोश्रो हाफमा चाँदले ३ गोल थप्यो। 

खेलको ५० औँ मिनेटमा अफ्रिकी खेलाडी मार्टिनले चाँदलाई पेनाल्टी मार्फत गोल गर्दै अग्रता दिलाए।

६५ औँ मिनेटमा मार्टिनले व्यक्तिगत दोश्रो गोल गरे। इन्जुरी समयमा दिवश तामाङले हेडर गोल गर्दै चाँदलाई ४–१ गोल अन्तरको जित दिलाए। 

खेलको म्यान अफ द म्याच सौरभ तामाङ घोषित भए। अब चाँदले सेमिफाइनल प्रवेशका लागि जर्जियन एफसी कालेम्पोङ र डिएसए हाउडा कोलकत्ताबीको बिजेतासँग खेल्नेछ।

प्रतियोगिताको तेश्रो क्वार्टरफाइनल खेलमा दलसिंहपाडा डुर्वस र सिङलिङ स्पोर्टिङ क्लब सिक्किमबीच प्रतिस्पर्धा हुनेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .