हाङझाव एसियाडको महिला कबड्डीमा नेपाल समूह ‘बी’ को उपविजेता हुँदै बुधबार सेमिफाइनलमा प्रवेश गरेको छ।
नेपालले सेमिफाइनल यात्रा तय गरेसँगै छिमेकी भारतलाई प्रतिद्वन्द्वीका रुपमा पाएको छ। नेपाली टोलीले शुक्रबार भारतविरुद्ध प्रतिस्पर्धा गर्ने छ।
उता अर्को सेमिफाइनल भिडन्त इरान र चाइनिज ताइपेईबीच शुक्रबार नै हुने भएको छ।
समूह ‘बी’ को अन्तिम लिगमा डिफेन्डिङ च्याम्पियन इरानले बंगलादेशलाई ५४–१६ को फराकिलो अन्तरले पराजित गरेपछि नेपाल समूह उपविजेता बन्दै सेमिफाइनलमा पुगेको थियो।
तीन टिम रहेको यो समूहमा जितपछि इरान समूह विजेता बन्दै सेमिफाइनलमा प्रवेश गर्यो।
लगातार २ हारसँगै बंगलादेश प्रतियोगिताबाट बाहिरिएको छ। यसअघि नेपालले समूह चरणको पहिलो खेलमा बंगलादेशलाई ३७–२४ ले हराएको थियो।
सेमिफाइनल प्रवेश गरेसँगै नेपालले कम्तीमा कास्य पदक निश्चित गरेको छ। भारतसँग पराजित भए पनि नेपाली कबड्डी टोली कास्यसहित घर फर्किनेछ।
यदि भारतलाई हराउन सकेमा नेपाली टोलीको यात्रा स्वर्णसम्मको हुन सक्छ।
Shares
प्रतिक्रिया