ad ad

खेल


एसियाली खेलकुद : यी ३८ राष्ट्रले पाए पदक, नेपाल?

एसियाली खेलकुद :  यी ३८ राष्ट्रले पाए पदक, नेपाल?

रासस
असोज १८, २०८० बिहिबार १०:५९, काठमाडौँ

१९औँ एसियाली खेलकुद, २०२२ अन्तर्गत बुधबारसम्म एक हजार दुई सय आठ पदकको छिनोफानो भएको छ। बुधबारसम्मको खेल प्रदर्शनका आधारमा १९औँ एसियाली खेलकुदमा सहभागी कूल ४५ राष्ट्रमध्ये हालसम्म ३८ राष्ट्रले पदक प्राप्त गर्न सफल भएका छन्।

हालसम्म चीन एक सय ७२ स्वर्ण, ९५ रजत र ५२ कास्यसहित तीन सय १९ पदक प्राप्त गर्दै शीर्षस्थानमा कायमै छ। यस्तै जापान ३७ स्वर्ण, ५१ रजत र ५९ कास्यका साथ एक सय ४७ पदक प्राप्त गर्दै दोस्रो स्थानमा छ।

दक्षिण कोरिया ३३ स्वर्ण, ४५ रजत, ७० कास्यसहित एक सय ४८ पदकका साथ पदक तालिकाको तेस्रो स्थानमा छ। भारत १८ स्वर्ण, ३१ रजत र ३२ कास्यसहित ८१ पदकका साथ चौथो स्थानमा छ। उज्वेकिस्तान १६ स्वर्ण, १६ रजत र २२ कास्यसहित ५४ पदकका साथ पाँचौँ स्थानमा छ। 

यसैगरी चाइनिज ताइपेई १३ स्वर्ण, १४ रजत र २१ कास्यसहित ४८ पदक प्राप्त गर्दै छैटौँ, थाइल्यान्ड १० स्वर्ण, १२ रजत र २४ कास्यसहित ४६ पदकका साथ सातौँ, बहराइन १० स्वर्ण, एक रजत र पाँच कास्यसहित १६ पदकका साथ आठौँ, दक्षिण कोरिया नौ स्वर्ण, १२ रजत र आठ कास्यसहित २९ पदकका साथ नवौँ तथा हङ्कङ चाइना सात स्वर्ण, १५ रजत र २८ कास्यसहित कुल ५० पदक प्राप्त गर्दै पदक तालिकाको १०औँ स्थानमा छन्।

नेपाल पदकविहीनबाट जोगियो 

१९औँ एसियाली खेलकुदमा नेपाल पदकविहीनबाट जोगिएको छ। महिला कबड्डीतर्फ नेपालले पदक पक्का गरेको हो। 

चीनको हाङजाओमा जारी प्रतियोगिताअन्तर्गत बुधबार सम्पन्न खेलमा इरानले बङ्गलादेशलाई ५४–१६ अङ्कले पराजित गरेसँगै नेपाल समूह ‘बी’को उपविजेताका रूपमा सेमिफाइनल प्रवेश गरेको थियो।

सेमिफाइनलमा प्रवेश गरेसँगै नेपालले जारी एसियाली प्रतियोगितामा कम्तीमा कास्य पदक प्राप्त गर्ने टुङ्गो लागेको हो। कबड्डीमा सेमिफाइनल पुग्ने चारवटै टोलीले पदक प्राप्त गर्ने प्रावधान छ। 

महिला कबड्डीतर्फ नेपालले पहिलोपटक एसियाली खेलकुदमा भाग लिएको हो। नेपाल रहेको समूह ‘बी’ मा इरान र बङ्गलादेश थिए। इरान समूह ‘बी’को विजेताका रूपमा प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ।

नेपालले पहिलो खेलमा सोमबार बङ्लादेशलाई ३७–२४ अङ्कले पराजित गरेको थियो भने दोस्रो खेलमा मङ्गलबार इरानसित १९–४३ अङ्कले पराजित भएको थियो। महिला कबड्डीतर्फ समूह ‘ए’मा भारत, थाइल्यान्ड, चाइनिज ताइपेई र दक्षिण कोरिया छन्। नेपालले अब समूह ‘ए’को विजेता टोलीसित सेमिफाइनल खेल्ने छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .