नेपाली राष्ट्रिय टोलीका अलराउन्डर दीपेन्द्रसिंह ऐरीलाई नेपाल प्रहरीले विशेष बढुवा गरेको छ।
१९औं एसियाली खेलकुद अन्तर्गत मंगोलियाविरुद्धको खेलमा विश्व कीर्तिमान कायम गरेका ऐरीलाई प्रहरीले बिहीबार एक तह बढुवा गर्दै सहायक हवल्दार बनाएको हो।
उनी नेपाल पुलिस क्लबका कप्तान समेत हुन्। चीनको हाङ्जाओमा भएको एसियाली खेलकुदमा मंगोलियाविरुद्धको खेलमा ९ बलमै अर्धशतक पूरा गरी उनले विश्व कीर्तिमान बनाएका थिए।
जब दीपेन्द्रका बुवाले छोराको कीर्तिमानबारे बजारमा चर्चा सुने
निकै संघर्ष गरेर सुदूरपश्चिमबाट क्रिकेटमा उदाएका दीपेन्द्रले दुर्लभ किर्तिमान बनाएपछि चर्चामा छन्।
२३ वर्षीय दायाँ हाते ब्याट्सम्यान दीपेन्द्रले सन् २०१७ को मार्च ११ मा केन्याविरुद्धको खेलबाट नेपाली राष्ट्रिय टोलीमा स्थान बनाएका थिए।
सन् २०१८ मा नेदरल्याण्डस्विरुद्धको खेलबाट उनले नेपाली टोलीबाट ओडीआईमा डेब्यू गरेका हुन्।
अहिलेसम्म नेपालका तर्फबाट ५२ ओडीआई म्याच खेलेका ऐरीले ८८९ रन बनाएका छन्। यस्तै खेलको ४५ टी–२० प्रतियोगितामा नेपालका लागि एक हजार १५५ रनको योगदान गरेका छन्।
उनले अहिलेसम्म खेलका अन्तर्राष्ट्रिय खेलमा ओडिआईमा ३६ र टी–२० मा २२ विकेट लिएका छन्।
Shares
प्रतिक्रिया