ad ad

खेल


कन्वे र रवीन्द्रको २७३ रन साझेदारीमा इङ्ल्यान्डविरुद्ध न्युजिल्यान्डको विशाल जित

कन्वे र रवीन्द्रको २७३ रन साझेदारीमा इङ्ल्यान्डविरुद्ध न्युजिल्यान्डको विशाल जित

नेपालखबर
असोज १८, २०८० बिहिबार २१:१०, काठमाडौँ

भारतमा सुरु भएको एक दिवसीय विश्वकप क्रिकेटको उद्घाटन खेलमा न्युजिल्यान्डले इङ्ल्यान्डविरुद्ध विशाल जित हात पारेको छ।

गुजारतको नरेन्द्र मोदी स्टेडियममा भएको खेलमा डेभन कन्वे र रचिन रवीन्द्रले २७३ रनको अविजित साझेदारी गर्दै ३६.२ ओभरमा न्युजिल्यान्डलाई ९ विकेटको जित दिलाए। 

इङ्ल्याण्डले दिएको २८३ रनको लक्ष्य पछ्याएको न्यु जिल्याण्डका लागि डेभन कन्वेले १५२ र रचिन रविन्द्रले १२३ को अविजित पारी खेले।

१२१ बलको सामना गरेका डेभनले १९ चौका र ३ छक्काको मद्दतमा र रचिनले ९६ बलको सामना गर्दा ११ चौका र ५ छक्का प्रहार गरे। 

ओपनर विल योङ दोस्रो ओभरको पहिलो बलमै आउट भएपछि आएका रचिनले डेविनसँगै अविजित साझेदारी गर्दा इङ्ल्यान्डका बलर निरीह बन्नु पर्यो। 

इङ्ल्याण्डका सैम करनले पहिलो बलमै विललाई आउट गरे पनि अरु बलरले विकेल लिन नसक्दा विश्वकप खराब हारबाट सुरुवात भयो।

त्यसअघि टस हारेर पहिला ब्याटिङको निम्तो पाएको इंग्ल्यान्डले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै २ सय ८२ रन बनाएको थियो।

इङ्ल्यान्डका सबै ब्याटरले दोहोरो अंकमा रन बनाएपनि जितका लागि पर्याप्त हुन सकेन। जो रुटले ८६ बलको समाना गर्दा ४ चौका र १ छक्कासहित सर्वाधिक ७७ रन बनाए। 

कप्तान जस बटलर ४३ रनमा आउट हुँदा ओपनर जोनी बेयरस्टो ३३ र डेविड मलान १४ रन मै पेबेलियन फर्किए। त्यसपछि इङ्ल्यान्डले लगातार विकेट गुमायो। 

कुनै पनि ब्याटरले ठूलो स्कोर जोड्न सकेनन्। 

ह्यारी क्रुक २५, मोईन अली ११, लियाम लिभिङस्टोन २०, साम करन १४ र क्रिस वोक्स ११ रनमा आउट हुँदा आदिल राशिद १५ र मार्क वुड १३ रनमा नटआउट रहे ।

न्युजिल्यान्डका लागि तीव्र गतिका बलर म्याट हेनरीले १० ओभरमा ४८ रन खर्चिएर ३ विकेट लिए। स्पीनर मिचेल सान्टनारले १० ओभरमा ३७ रन खर्चेर २ विकेट लिए भने ग्लेन फिलिप्सले ३ ओभरमा १७ रन खर्चेर २ विकेट लिए। ट्रेन्ट बोल्टले १० ओभरमा १ मेडनसहित ४८ रन खर्चिदै एक विकेट हात पारे। 

अब न्युजिल्यान्डले सोमबार नेदरल्यान्ड्ससँग हैदराबादमा खेल्दा इङ्ल्यान्डले मंगलबार बंगलादेशसँग खेल्नेछ। भोलि शुक्रबार नेदरल्यान्ड्स र पाकिस्तान भिड्ने छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .