ad ad

खेल


विश्वकप छनोट : नेपाल र लाओसबीचको खेलको तयारी पूरा, कति छ टिकटको मूल्य?

विश्वकप छनोट : नेपाल र लाओसबीचको खेलको तयारी पूरा, कति छ टिकटको मूल्य?

नेपालखबर
असोज १९, २०८० शुक्रबार १४:५२, काठमाडौँ

फिफा विश्वकप–२०२६ को एशियाली छनोटको प्लेअफ अन्तर्गत नेपाल र लाओसबीच हुने खेलको तयारी पूरा भएको छ। अखिल नेपाल फुटबल संघ (एन्फा)ले शुक्रबार पत्रकार सम्मेलन गर्दै आगामी असोज २५ गते हुने खेलको तयारी पूरा भएको जानकारी गराएको छ।

फिफा वरियतामा १८६औं स्थानमा रहेको लाओससँग १७५ औं स्थानमा रहेको नेपालको प्रतिस्पर्धा गर्दैछ। 

खेलका लागि मुख्य प्रशिक्षक भिन्सेन्जो अबेटो एनेसको मुख्य प्रशिक्षणमा रहेको २५ सदस्यीय टोली अहिले बन्द प्रशिक्षणमा रहेको एन्फाले बताएको छ। 

एन्फाका प्रवक्ता सुरेश शाहका अनुसार खेल हुने दिनको टिकटम दलर साधारण पारपिटतर्फ रु ३ सय र भीआईपीतर्फ ५ सय कायम गरिएको बताइएको छ। खेलको टिकट एन्फा आफैंले व्यवस्थापन गरेर ब्रिकी गर्ने जानकारी पनि गराइएको छ। 

लाओसको टोली आगामी अक्टोबर ९ मा नेपाल आइपुग्नेछ। प्रशिक्षणका लागि भने च्यासलस्थित रंगशालामा आवश्यक व्यवस्था मिलाइएको उनले बताए। 

प्रतियोगिताको अनुमानित बजेट ७३ लाख ६८ हजार ४ सय रहेको एन्फाले जनाएको छ। 

फिफा वरीयताका आधारमा एशियाका पुछारमा रहेका २० टोलीले प्लेअफ चरण पार गर्दै दोस्रो राउण्डमा स्पर्धा गर्नेछन्। 

होम एण्ड अवेको आधारमा हुने प्ले अफ राउण्ड पार गरे नेपालले दोस्रो चरणमा स्पर्धा गर्न पाउनेछ। 

विश्वकपको दोस्रो चरणका लागि २६ टोलीले स्थान बनाइसकेका छन्। 

प्लेअफ चरण पार गरेका १० टोलीले दोस्रो चरणका लागि स्थान बनाउनेछन्।

पहिलो चरण पार गर्ने १० टोली र दोस्रो चरणमा स्थान बनाएका २६ गरि ३६ टोलीलाई ९ सुमहमा विभाजन गरिनेछ।

९ समूहका शीर्ष २ टोलीले एएफसी एसियन कप २०२७ को लागि स्थान बनाउँदै विश्वकप छनोटको तेस्रो चरणमा स्पर्धा गर्नेछन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .