ad ad

खेल


आईसीसी विश्वकप क्रिकेटमा पाकिस्तानको विजयी सुरुवात

आईसीसी विश्वकप क्रिकेटमा पाकिस्तानको विजयी सुरुवात

नेपालखबर
असोज १९, २०८० शुक्रबार २१:४१, काठमाडौँ

आइसीसी विश्वकप क्रिकेटमा पाकिस्तानले विजयी सुरुवात गरेको छ। शुक्रबार बेलुका नेदरल्यान्ड्सलाई ८१ रनले पराजित गर्दै पाकिस्तान विजयी भएको हो।

भारतको हैदराबादमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको पाकिस्तानले ४९ ओभरमा सबै विकेट गुमाउँदै २ सय ८६ रनको योगफल बनाएको थियो।

२ सय ८७ रनको लक्ष्य पछ्याएको नेदरल्यान्ड्सलाई २०५ रनमा अलआउट गर्दै पाकिस्तानले सुखद सुरुवात गरेको हो। 

नेदरल्यान्ड्सका ओपनर बिक्रमजित सिंह र बास डे लीडले अर्धसतकीय पारी खेलेपनि टोलिको जितका लागि पर्याप्त भएन। सिंहले ६७ बलमा ४ चौका र १ छक्काको मद्दतमा ५२ रन जोडे। ले लीडले ६८ बलमा ६ चौका र २ छक्काको मद्दतमा ६७ रन बनाएर बोल्ड भएसँगै नेदरल्यान्ड्सको इनिङ धरापमा पर्‍यो।

कोलिन एकरम्यान १७ रनमा बोल्ड हुँदा कप्तान स्कटले खाता नै खोल्न सकेनन्। सकिज जुल्फिकारले १० रन बनाए। लोगन भान वीकले २८ बलमा २८ रन बनाउँदै नटआउट रहे। 

पाकिस्तानका हरिस रउफले महत्वपुर्ण ३ विकेट लिए। हसन अलीले २ तथा शाहीन शाह अफ्रिदी, इफ्तिखार अहमद, मोहम्मद नवाज र सादाब खानले समान एक एक विकेट हात पारे। 

४१औं ओभरको अन्तिम बलमा हरिसले नै भान मिकेरेनलाई बोल्ड गर्दा नेदरल्यान्डले भारतमा सुखद नतिजा निकाल्न असफल भयो।

त्यसअघि पाकिस्तानका विकेट किपर मोहम्मद रिजवान र साउद सकिलले सर्वाधिक समान ६८ रनको योगदान दिए। रिजवानले ७५ बलमा ८ चौका प्रहार गर्दै ६८ रन बनाएका हुन्। सकिलले ५२ बलमा ९ चौका र १ छक्काको मद्दतमा ६८ रन जोडे।  

त्यस्तै मोहम्मद नवाज ३९ रन जोडे। शादब खानले ३२, हरिस रौफले १६, इमाम उल हकले १५, शाहिन शाह अफ्रिदीले १३ रन बनाए। त्यस्तै कप्तान बाबर आजमले ५ रन जोडे। 

बलिङतर्फ नेदरल्यान्ड्सका बास डि लिडले ४ विकेट लिए भने कोलिन एकरम्यानले २ विकेट लिए। त्यस्तै अर्यान दत्त, लोगन भान बिक र पाउल भान मार्केनले समान एक एक विकेट लिए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .