ad ad

खेल


१० खेलाडीमा सीमित टोटनह्यामको साँघुरो जित

१० खेलाडीमा सीमित टोटनह्यामको साँघुरो जित

नेपालखबर
असोज २१, २०८० आइतबार ६:४६, काठमाडौँ

लुटोन टाउनमाथि साघुँरो जित निकाल्दै दश खेलाडीमा रहेको टोटनह्याम हटस्पर इंग्लिस प्रिमियर लिगको शीर्ष स्थानमा उक्लिएको छ। 

शनिबार राति भएको खेलमा पहिलो हाफको अन्त्यमा १० खेलाडीमा समेटिएको टोटनह्यामले आफ्नो अपराजित यात्रालाई कायम राख्दै अंक तालिकाको शीर्ष स्थानमा उक्लेको हो। 

टोटनह्यामले लुटोन टाउनमाथि १–० को साघुँरो जित निकालेको छ। पहिलो हाफको अन्त्यमा यवेस बिसौमा दोहोरो पँहेलो कार्ड खादै मैदान छाडेपछि टोटनह्याम १० खेलाडीमा समेटिएको थियो। 

खेलको ५२ औं मिनेटमा मिकी भान डे भेनले गरेको गोल नै निर्णायक बन्यो। जेम्स म्याडिसनको पासमा भेनले क्लबका लागि पहिलो गोल गरेका हुन्। 

गोलपछि डच डिफेन्डर भान डे भेनले आफुले निर्णायक गोल गर्न पाउनु अद्भुत अनुभुति भएको प्रतिक्रिया दिए। 

जितसँगै टोटनह्यामले ८ खेलबाट २० अंक जोड्दै अंक तालिकाको शीर्ष स्थानमा उक्लेको छ।  पराजित लुटोन समान खेलबाट ४ अंकमा १७ औं स्थानमा छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .