ad ad

खेल


विश्वकप क्रिकेट : दक्षिण अफ्रिकाले २२९ रनले हरायो इंग्ल्यान्डलाई

विश्वकप क्रिकेट : दक्षिण अफ्रिकाले २२९ रनले हरायो इंग्ल्यान्डलाई

नेपालखबर
कात्तिक ५, २०८० आइतबार ६:३६, काठमाडौँ

इंग्ल्यान्डलाई २२९ रनको फराकिलो अन्तरले हराउँदै दक्षिण अफ्रिकाले विश्वकप क्रिकेटमा तेस्रो जित हासिल गरेको छ।

मुम्बईको वानखेडे स्टेडियममा शनिबार भएको खेलमा पहिले ब्याटिङ गर्दै दक्षिण अफ्रिकाले सात विकेट गुमाएर ३९९ रन बनाएको थियो।

दक्षिण अफ्रिकाले ४०० रनको विशाल लक्ष्य प्रस्तुत गरेको थियो। उक्त लक्ष्य पछ्याउने क्रममा इंग्ल्यान्ड २२ ओभरमा १७० जोडेर अलआउट भएको हो।

अफ्रिकी इनिङ्समा हेनरी क्लासेनले शतक बनाए भने रिज हेन्ड्रिक्स (८५), भान्डर डन्से (६०) र मार्को जान्सन (अनटआउट ७५) ले अर्धशतक बनाए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .