ad ad

खेल


त्रिकोणात्मक टी-२० आई सिरिजको उपाधि युएईलाई

त्रिकोणात्मक टी-२० आई सिरिजको उपाधि युएईलाई

नेपालखबर
कात्तिक १०, २०८० शुक्रबार १५:१, काठमाडौँ

घरेलु टोलीलाई ४ विकेटले हराउँदै त्रिकोणात्मक टी-२० आई सिरिजको उपाधि युएईले उचालेको छ।

शुक्रबार सम्पन्न सिरिजमा नेपाललाई ४ विकेटले हराउँदै युएईले उपाधि जितेको हो।

नेपालले दिएको १ सय ६३ रनको लक्ष्य  युएईले १ बल अगावै ६ विकेटको क्षतिमा भेट्टायो।

युएईका ओपनर तथा कप्तान मोहम्मद वसिम ४५ रनमा बोल्ड आउट भए।

२२ बलमा ७ चौका र २ छक्का हानेका  वसिम गुलसन झा को बलमा बोल्ड भए।

आर्याशं शर्मा २५  रन बनाउँदा कुशल मल्लको बलमा सन्दिप जोराको हातबाट क्याच आउँछ भए।

वृत्या अरविन्द २६ रनमा रन आउट भए।

आशिफ खान ७ रन बनाउँदा गुलसनको बलमा अविनास बोहोराको हातबाट क्याच आउट भए।

आलिसान सर्फु १३ रनमा क्याच आउट भए।

बसिर हमिद २२र आयान अफ्जल खान ५ रनमा नटआउट रहे।

नेपालका गुलसन झा र अविनास बोहोराले समान दुई विकेट लिए। कुशल मल्लले एक विकेट लिए।

त्यसअघि किर्तिपुरस्थित त्रिवि क्रीकेट मैदानमा युएईले टस जितेर  फिल्डिङ रोजेपछि  ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १ सय ६२  रनको योगफल तयार पारेको थियो।

युएईविरुद्व ओपनर कुशल अर्धशतक पूरा गर्दै आउट भए। कुशलले २९ बलमा ६ चौका र ३ छक्का प्रहार गर्दै अर्धशतक पूरा गर्दा जहुर खानको बलमा बोल्ड आउट भए।

अर्का ओपनर आशिफ ७ शेख रनमा बोल्ड आउट भए।

दिपेन्द्र सिंह ऐरि २० र कप्तान रोहित पौडेल १८ रन थप्दै पवेलियन फर्के। सन्दिप जोराले १० रन थपे। कुशल मल्ल १ रनमा बोल्ड आउट भए।

गुलसन झा ५ रनमा क्याच आउट भए।  सोमपाल कामी १२ रनमा बोल्ड आउट भए।

करण केसी २३ र अविनास बोहोरा शुन्य रनमा नटआउट रहे।

युएईका लागि आयान अफ्जल खानले ३ विकेट लिए।

अलि नसिर र जहुर खानले समान २ विकेट लिए।

जुनैद सिद्वीकीले १ विकेट आफ्नो नाममा गरे।

नेपालले सिरिजमा युएईलाई ७ विकेट र ५ विकेटले हराएको थियो।  

नेपालले हङकङलाई पनि दुबै खेलमा ६ विकेट र ७९ रनले हराएको थियो।

उता युएई अन्तिम खेलमा हङकङसँग ६९ रनले पराजित भएपनि नेटरनरेटको फाइनल खेलेको हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .