ad ad

खेल


नेपालको खराब सुरुवात, छैटौँ ओभरमै ३ विकेट पतन

नेपालको खराब सुरुवात, छैटौँ ओभरमै ३ विकेट पतन

तस्बिर : सराेज नेपाल


नेपालखबर
कात्तिक १६, २०८० बिहिबार ११:२७, काठमाडौँ

आईसीसी टी-२० विश्वकप एसिया क्षेत्र छनोट फाइनलमा ओमानविरुद्ध नेपालले खराब सुरुवात गरेको छ। 

ओमानले दिएको १ सय ४६ रनको लक्ष्य पछ्याएको नेपालले छैटौं ओभरको खेल जारी रहँदा तिन विकेट गुमाएको हो।

छैटौं ओभरको पाचौँ बलमा कुशल भुर्तेल २६ रन बनाउँदा पवेलियन फर्के। त्यसअघि नेपालले सोमपाल कामीलाई पाचौं ओभरको अन्तिम बलमा गुमाएको हो। 

सोमपाल सकिब ओमानका अहमदको बलमा कश्यप प्रजापतिको हातबाट क्याच आउट भए। त्यसअघि नेपालले तेस्रो ओभरमा नै ओपनर आशिफ शेखलाई गुमाएको थियो। 

तेस्रो ओभरको पहिलो बलमा ५ रन बनाएका आशिफ विलाल खानको बलमा क्याच आउट भए। छैटौँं ओभरको खेल जारी रहँदा नेपाल ३ विकेट गुमाएर ४३ रन बनाएर खेलिरहेको छ।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .