ad ad

खेल


यूएईविरुद्ध नेपाललाई कप्तान रोहितले दिलाए पाँचौँ विकेट

यूएईविरुद्ध नेपाललाई कप्तान रोहितले दिलाए पाँचौँ विकेट

फाइल तस्बिर


नेपालखबर
कात्तिक १७, २०८० शुक्रबार १२:२२, काठमाडौँ

आईसीसी टी–२० विश्वकप एसिया छनोटफाइनलअन्तर्गत यूएईविरुद्धको सेमिफाइनलमा नेपालले पाँच विकेट लिएको छ।

माथिल्लो मूलपानी क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको यूएईले १५ ओभरको समाप्तिमा ५ विकेटको क्षतिमा १ सय रन बनाएर खेलिरहेको छ। 

नेपालका कप्तान रोहित पौडेलले अलि अमिर नसिरलाई ४ रनमा कुशल भुर्तेलको हातबाट क्याच आउट गराए। 

आलिसान सराफु १६ रन बनाउँदा कुशल मल्लको बलमा सोमपाल कामीको हातबाट क्याच आउट भए। 

अहिले क्रिजमा वृत्या अरविन्द ३७ र बसिल अमिद शून्य रनमा नटआउट छन्। 

सन्दीप लामिछानेले १० औं ओभरको अन्तिम बलमा आशिफ खानलाई १३ रन बनाउँदा एलबीडब्लू धरापमा पारे। 

नेपालका लागि सोमपाल कामीले एक विकेट लिएका छन्।

तीव्र गतिका बलर सोमपाल कामीले चौथो ओभरमा एक विकेट र एक रन आउट गर्दै यूएईका दुवै ओपनरलाई पवेलियनको बाटो देखाए। 

सोमपालले चौथो ओभरको पहिलो खालिद शाहलाई ३ रनमा रन आउट गराए।

त्यही ओभरको चौथो बलमा सोमपालले अर्का ओपनर तथा कप्तान मुहम्मद वसिमलाई करण केसीको हातबाट क्याच आउट गराए।

१६ बलमा ३ चौका र २ छक्का हानेका वसिम २६ रनमा क्याच आउट भए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .