ad ad

खेल


कप्तान रोहित भन्छन्– विश्वकपमा पुगौं भनेर बिहानै भगवान्‌सँग प्रार्थना गरेको थिएँ

कप्तान रोहित भन्छन्– विश्वकपमा पुगौं भनेर बिहानै भगवान्‌सँग प्रार्थना गरेको थिएँ

तस्बिर : सरोज नेपाल


नेपालखबर
कात्तिक १७, २०८० शुक्रबार १६:३७, काठमाडौँ

नेपाली क्रिकेट टोलीका कप्तान रोहित पौडेलले आईसीसी टी–२० विश्वकपमा छनोट हुँदा आफू भाग्यमानी अनुभव गरिरहेको बताएका छन्। 

एसियाली छनोटको सेमिफाइनलमा शुक्रबार यूएईलाई पराजित गर्दै विश्वकपमा स्थान बनाएसँगै सञ्चारकर्मीसँग कुराकानी गर्दै पौडेलले सो कुरा बताएका हुन्। 

‘एकदमै लक्कि फिल गरिरहेको छु। दुईजनाभन्दा बाहेक सबै सन् २०१४ को विश्वकप हेरेर क्रिकेट खेल्न सुरु गरे,’ उनले भने, ‘त्यहाँबाट सुरु गरेर म आफू पनि वल्र्डकप खेल्न पाउँदा एकदमै लक्की फिल गरिरहेको छु।’

साथै, उनले यूएईसँगको खेलअघि बिहान उठ्नेबित्तिकै भगवानसँग प्रार्थना गरेको पनि सुनाए। 

‘भगवान्‌लाई धन्यवाद। बिहान उठ्ने बित्तिकै मैले नेपालले विश्वकप खेल्न पाउँ भनेर प्रे गरेको थिएँ। मैले भगवान्‌लाई धन्यवाद भनेँ,’ उनले भने।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .